यो वर्ष दशैंमा नयाँ नोट नपाइने

यो वर्ष दशैंमा नयाँ नोट नपाइने

यो वर्ष दशैंको अवसरमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले हिजो सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । बैंकले बडा दशैंलगायत चाडबाडमा सर्वसाधारणका लागि साना दरका नयाँ नोटको सटही व्यवस्थापन गर्दै आएको थियो । तर, यसवर्षको दशैंमा नयाँ नोट वितरण नहुने राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले बताउनुभयो ।

यसैबीच,विद्युतिय माध्यम (वालेट) बाट सरकारी राजश्व तिर्दा शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई सरकारी राजश्व वालेटबाट तिर्दा कुनै पनि अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो ।भुक्तानी सेवा प्रदायकले कारोबार हेरेर ५ रुपैयाँदेखि ३० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तर, कोरोना महामारीको अवस्था रहेको भन्दै पुस मसान्तसम्म निःशुल्क गर्न राष्ट्र बैंकले भनेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार