पहिरोका कारण सिन्धुली सहित विभिन्न सडकखण्ड बन्द

सिन्धुली । केही दिनदेखि परिरहेको पानीका कारण पहिरो खस्दा विभिन्न सडकखण्ड बन्द भएका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका १ कमेरेफाँटमा खसेको पहिरोका कारण वीपी राजमार्ग बन्द भएको छ । सिन्धुलीमा बिहान पौने १२ बजे पहिरो खसेको प्रहरीले जनाएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीको भनाइ छ । यस्तै धादिङ र चितवनको सीमामा […]

राप्रपा चितवनद्धारा उद्धारमा जुट्न कार्यकर्तालाई निर्देशन

चितवन ।अविरल बर्षाको कारण चितवन जिल्लामा बाढी र पहिरोले पु¥याएको क्षतिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिती चितवनले दुुःख व्यक्त गरेको छ । नारायणी, राप्ती, रिउ, कयर लगायतका नदिमा आएको बाढी तथा पहाडी क्षेत्रमा गएको पहिरोमा परि जनधनको क्षती भएको प्रती आज (शनिवार) विज्ञप्ती जारी गरि दुःख व्यक्त गरेको हो ।  वर्षायामको शुरुवातसँगै बाढी, पहिरोलगायतका प्राकृतिक […]

धादिङको कालिका आधारभुत बिद्यालयमा कक्षा कोठामा नै पठनपाठन सुरु

धादिङबेशी । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको कालिका आधाभूत विद्यालयमा पठनपाठन शुरु गरेको छ । विद्यार्थीहरुलाइ विद्यालयमा नै बोलाइ उच्च सतर्कताका कक्षा संचालनमा ल्याइएको हो ।हप्ताको दुई दिन चार घण्टा पढाई सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक रोहिणीप्रसाद कोइरालाले मैनबत्ति डटकमलाई जानकारी दिनुभयो । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट बिद्यार्थीहरुको सिकाइ सहजीकरण […]

यातायात सञ्चालनबारे व्यवसायी र मजदूर एक ठाउँमा, सरकारसँग वार्ता गर्न कार्यदल

काठमाडौं । बन्द अबस्थामा रहेको सार्वजनिक यातायात खोल्ने विषयमा सरकारसँग वार्ता गर्न यातायात व्यवसायी र मजदूर सम्मिलित एक कार्यदल बनेको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको पहलमा शनिबार बसेको यातायात व्यवसायी र मजदूर संगठनहरुको संयुक्त बैठकले त्यस्तो कार्यदल बनाएको हो ।  कार्यदलमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य तथा मजदूर संगठनहरुको तर्फबाट […]

मास्क नलगाई हिड्ने धादिङका ३४ नागरिक कारबाहीमा

धादिङ,२७ असार ।धादिङमा मास्क नलगाई घरबाहिर निस्कनेहरुलाई प्रहरीले कारवाही गर्न सुरु गरेको छ । आज शनिबार मास्क नलगाई हिड्ने धादिङबेसीका ३२ र राजमार्गमा २ जनागरी ३४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । शनिबारमात्रै ३३ जनालाई कारवाही गरेको थियो । पक्राउ परेकाहरुलाई संक्रामक रोग ऐन […]

‘भ्रष्टचार गरेको प्रमाण देखाउनुहोस फाँसिमा चढ्न तयार छु’ : अध्यक्ष सिलवाल

धादिङ,२७ असार ।सिद्धलेक जनताको शिर झुकाउने, मतको अममान गर्ने पालिकालाई घाटा लाग्ने काम कहिल्यै नगर्ने गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनु भएको छ । उहाँले भन्नुभयो,‘भ्रष्टचार गरेको प्रमाण देखाउनुहोस फाँसिमा चढ्न तयार छु ।राम्रोलाई काम गर्न नदिने षडयन्त्र भएको छ।  विधि र प्रक्रियामा गरेका कामहरुलाई नियोजित रुपमा बद्नाम गर्न खोजिएको हो।’ सिद्धलेक गाउँपालिकाको विकास हेर्नुहोस,अन्य स्थानीय […]

नेपालमा कोरोना संक्रमितको संख्या आज ७० जना थपिए,जम्मा १६ हजार ७ सय १९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।   हिजो शुक्रबार १ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र ४ […]

धादिङमा मास्क नलगाइ हिँडडुल गर्ने ३२ जनालाई जरिवाना

धादिङ,२७ असार ।धादिङमा मास्क नलगाइ हिँडडुल गर्ने ३२ जनालाई प्रहरीले कारवाही गरेको छ । शुक्रबार मास्क नलगाई हिड्ने ३२ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । पक्राउ पर्नेमा ७ जना महिला र २५ जना पुरुष रहेका छन् । पक्राउ परेकाहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार […]

कोरोनाभाइरसको शुल्क तिरेर परीक्षण गराउन पाइने

काठमाण्डौ । सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको जानकारी दिए ।  स्वास्थ्यमन्त्री भानुभक्त ढकाललको अध्यक्षतामा यही असार २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट […]

धादिङबेशीमा आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम

धादिङ,२५ असार । धादिङका जनप्रतिनिधी तथा पत्रकारहरुलाई दिएको आयुर्वेद सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार धादिङबेशीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा जनप्रतिनिधी तथा पत्रकारहरुलाई आयुर्वेद सम्बन्धी जानकारी गराईएको हो ।  कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका प्रमुख डा.सुइरा जोशीले आयुर्वेद पुरानो चिकित्सा प्रणाली भएकोले अहिलेको नयाँ पुस्तामा यसको राम्रो जानकारी नभएको भन्दै उपचार […]