रामेछाप नगरपालिकामा प्रभावकारी बन्दै पशु बीमा कार्यक्रम

रामेछाप नगरपालिकामा प्रभावकारी बन्दै पशु बीमा कार्यक्रम

किसानका लागि पशुधनको सुरक्षाको दृष्टीले राम्रो मानिने पशु बीमा कार्यक्रम पछिल्लो समय रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा प्रभावकारी बन्दै गएको छ । रामेछाप नगरपालिकाले एक घर एक पशु बीमा कार्यक्रम सन्चालन गरेको छ । साेिह कार्यक्रम अन्तर्गत नगरका सबै वडाहरुमा पशु बीमा कार्यक्रम लागु हुनेछ । ९ वटा वडाहरु रहेको नगरपालिकाका ५ वडा वडाहरुमा एक घर एक पशु बीमा कार्यक्रम सन्चालन भईसकेको छ भने अब बाँकी रहेका ४ वटा वडाहरुमा पनि कार्यक्रम सन्चालन गरिनेछ । एक घर एक पशु बीमा कार्यक्रम मार्फत पशुको बीमा गराएका २४ जना कृषकले आफ्नो क्षती भएको पशुको बीमा गराए वापतको रकम प्राप्त गरेका छन । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले आज कृषकहरुलाई बीमा वापतको रकम प्रदान गर्नुभएको छ । वडा नम्बर ७ का ४ जना,वडा नम्बर ८ का १३ जना र वडा नम्बर ९ का ७ जना कृषकहरुलाई विमा रकम बराबरको चेक हस्तान्तरण गरिएको छ । नगरपालिकाका किसानहरुलाई फाईदा पुग्ने गरी नगरपालिकाले एक घर एक पशु बीमा कार्यक्रम अभियानकै रुपमा सन्चालन गरेको नगर प्रमुख थापा मगरले बताउनुभयो । साथै नगरपालिकाले नगरभरीका ४० हजार नागरीकहरुकै स्वास्थ्य बीमा गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार