केवलेश्वर वचत तथा ऋण सहकारी संस्थाको नवौँ साधारण सभा सम्पन्न

केवलेश्वर वचत तथा ऋण सहकारी संस्थाको नवौँ साधारण सभा सम्पन्न

“धेरै मेहनत र वचत गरौँ,खुशी र सम्वृद्ध बनौँ” भन्ने नारा लिएर रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ८ र ९ लाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको केवलेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आफनो स्थापनाको नवौँ वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष देव बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको बार्षीक प्रतिवेदन र भावी कार्यक्रम पास गर्दै संस्थाको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । संस्थाको निती तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले सहकारिताको भावना, मूल्य मान्यता, सिद्धान्त अनुरुप पारदर्शी रुपमा सदस्यहरूको आर्थिक, सामाजिक हितको लागि अनवरत लागिरहेको बताउँदै सहकारिताको माध्यमबाट उपलब्ध श्रोत साधनको उच्चतम प्रयोग गर्दै सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउँदै आएको बताउनुभयो । संस्थाले वडा नम्बर ८ र ९ का गरिब तथा विपन्न नागरीकहरुको जिवनस्तर सुधार गर्न महत्वपुर्ण भुमिका खेलेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । हालसम्म संस्थामा ५ सय ६८ जना सेयरसदस्यहरु रहेका छन । संस्थाले यस वर्ष ५० हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । संस्थाको कुल पुँजी ७६ लाख रुपैयाँ रहेको साधारण सभामा जानकारी गराइएको छ । नवौँ वार्षिक साधारण सभा कार्यक्रम हजुरको रेडियोबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार