गृह जिल्लामा आएर सेवा गर्न पाउदा निकै खुशी छु : प्रजिअ अर्जुन कुमार शर्मा

गृह जिल्लामा आएर सेवा गर्न पाउदा निकै खुशी छु : प्रजिअ अर्जुन कुमार शर्मा

रामेछापका प्रमुख जिल्ला अधिकारी भएर आउन लाग्नुभएका अर्जुन कुमार शर्माले आफु जन्मे हुर्केको गृह जिल्ला रामेछापमा आएर सेवा गर्न पाउँदा निकै खुशि लागेको बताउनुभएको छ । उहाँले ईरामेछाप डटकमका सम्पादकसँग कुराकानी गर्दै बर्सौँदेखी जिल्लामा आएर नागरीकको सेवा गर्ने सपना बल्ल पुरा भएकोमा निकै खुशी लागेको बताउनुभयो । धेरै जिल्लाहरुमा प्रजिअ भएर काम गरिसक्नुभएका उहाँले रोमछाप जिल्लाको समग्र वस्तुस्थिीको बारेमा राम्रोसँग जानकारी भएको र जिल्लाको विकासका लागी आफु अहोरात्र खटिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जिल्लामा रहेका ठुलाठुला विवादहरु शैलुङ क्षेत्रको सिमाना विवाद लगायतका विवादहरुको समस्या समाधान गर्न आफु लागिपर्ने प्रजिअ शर्माले बताउनुभयो । उहाँले जिल्लाको विकासमा महत्वपुर्ण भुमिका खेल्ने लिखु करिडोर र खिम्ती करिडोर जसरी पनि बन्नुपर्ने बताउनुभयो । स्थानिय तह , राजनीतीक दल लगायत जिल्लाका सरोकारवाला सबैसँग समन्वय गरेर समग्र जिल्लाको शान्ति सुरक्षा , विपद व्यवस्थापन , अनुगमन , विकास निर्माण लगायतका कामहरु सहज रुपमा सम्पन्न गर्न आफुले समन्वयकारी भुमिमा निर्वाह गर्ने प्रजिअ शर्माले बताउनुभयो । उहाँ केहिदिन भित्रमै रामेछाप आउनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार