रामेछापका प्रजिअ शर्माको सरुवा,अब नयाँ प्रजिअ अर्जुनकुमार शर्मा आउँदै

रामेछापका प्रजिअ शर्माको सरुवा,अब नयाँ प्रजिअ अर्जुनकुमार शर्मा आउँदै

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको सरुवा भएको छ । रामेछापमा ११ महिना प्रमुख जिल्ला अधिकारी भएर काम गर्नुभएका शर्माले जिल्लामा कोविड नियन्त्रण तथा व्यवस्थापन , जिल्लाको समग्र शान्ति सुव्यवस्था , प्रितीमा ईलाका प्रशासन कार्यालय सन्चालन र सबै पालिकाहरुमा पुगेर बजार अनुगन लगायतका धेरै महत्वपुर्ण कामहरु गर्नुभएको छ । रामेछापका प्रजिअ शर्मा गुल्मी जिल्लामा सरुवा भएर जाँदैहु्नुहु्न्छ । अब पाँचथरका प्रजिअ अर्जुनकुमार शर्मा रामेछापका प्रजिअको रुपमा आउनुहुने भएको छ । गृह मन्त्रालयले आज देशका विभिन्न जिल्लाका १८ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार