रामेछापमा १९७ जना कोरोना सङ्क्रमणमुक्त,६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा

रामेछापमा १९७ जना कोरोना सङ्क्रमणमुक्त,६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा

रामेछापका ३ जना कोरोना संक्रमतिले कोरोना भाईरसलाई जितेका छन । आज मन्थली नगरपालिकाका ३७,५५ र ६४ वर्षका पुरुष उपचारपछि निको भएका हुन । अब मन्थली नगरपालिकामा ४ जना र गोकुलगंगा गाउँपालिकामा दुईजना गरी ६ जना सक्रिय कोरोना सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्या २०३ पुगेको छ । यसमध्ये १९७ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भैसकेका छन् । जिल्लामा हालसम्म दुईहजार ४४५ जनाको स्वाब परीक्षण गरिएकोमा दुईहजार २४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म जिल्लाको मन्थली नगरपालिकामा १०१ जना, रामेछाप नगरपालिकामा २८ जना ,गोकुलगंगा गाउँपालिकामा २७ जना ,लिखुतामाकोसी गाउँपालिकामा २० जना , सुनापति गाउँपालिकामा दशजना , जिल्ला अस्पतालमा नौँ जना ,उमाकुण्ड गाउँपालिकामा दुईजना , खाँडादेवी गाउँपालिकामा तीनजना र दोरम्बा गाउँपालिकामा तीनजना कोराना सङ्क्रक्रमित भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ८८ जना र पुरुष २०६ जना गरी २९४ जनालाई कोरोना सङ्क्रमण भएको छ । जिल्लाको कुनै पनि स्थानिय तहमा कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । कोरोना नियन्त्रण, व्यवस्थापन र उपचारका लागि जिल्लामा ४९० शैय्याको क्वारेण्टाइन र १०८ शैय्याको आइसोलेशन निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार