रामेछापमा तीन महिनामा ट्राफिक प्रहरीद्धारा ४७ लाख ८९ हजार राजश्व सङ्कलन

रामेछापमा तीन महिनामा ट्राफिक प्रहरीद्धारा ४७ लाख ८९ हजार राजश्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी रामेछापले तीन महिनामा ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनमाथि कारबाही गरी ४७ लाख ८९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । ट्राफिक नियम विपरित सञ्चालन भएका सवारी कारबाहीबाट चालु आर्थिक वर्षको असोज ,कार्तिक र मङ्सिर महिनाको अवधिमा झण्डै गत आर्थिक वर्ष २०७६÷०७७ मा सङ्कलन गरिएको बराबरको राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमख प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०७६÷०७७ मा ट्राफिक नियम विपरित सञ्चालन भएका ७२ सय ५० सवारी कारबाहीबाट जम्मा ५२ लाख ५० हजार राजश्व संकलन गरेको थियो । उहाँले जिल्लामा कोरोनाबाट बच्च सरकारले जारी गरेको मापदण्ड नमान्ने सवारी , यात्रुसंग बढीभाडा असुल्ने सवारी साधनहरु बढीमात्रामा कारबाहीमा परेको बताउनुभयो । उहाँका अनुसार यो अवधिमा तोकिएको भन्दा बढी भाडा लिने, चालक अनुमतिपत्र बिनै सवारी चलाउने , मादक पदार्थ सेव गरी सवारी चलाउनेहरु बढी मात्रामा कारबाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार