भदौ मसान्तसम्म लामो दूरीका गाडी, आन्तरिक उडान र सीमा नाका बन्द रहने

सरकारले लामो दूरीका गाडी, आन्तरिक र अन्तर्राष्ट्रिय उडान र सीमा नाका भदौ मसान्तसम्म बन्द गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणनियन्त्रणमा नआएपछि सरकारले भदौ मसान्तसम्म कुनैपनि यायाता नखोल्ने र स्ीमा बन्द गर्ने निर्णय गरेको हो । हिजो साँझ बसेको मन्त्रीपरिषद बैठकले हवाई र सथल यातायात भदौ १५ बाट खोल्ने सकिने यसअघिको निर्णयलाई पुनःविचार गर्दै भदौ […]

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १८३

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घन्टामा थप ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृतकमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् । आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार मृत्यु हुने […]

उपत्यकामा कोरोना सङ्क्रमितको संख्या बढेपछि आइसोलेसन र क्वारेन्टाइन बनाइँदै

उपत्यकामा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि सरकार आइसोलेसन र क्वारेन्टाइन निर्माणमा जुटेको छ । उपत्यकामा कम्तीमा पाँचहजार आइसोलेसन बेड निर्माण गर्नका लागि तीन वटै सरकारका प्रतिनिधिले काम थाल्ने भएका छन् । उपत्यकामा आइसोलेसन बेड बनाउने ठाउँ खोज्न समिति गठन गरिएको छ। यस्तै काठमाडौं उपत्यकाकाविभिन्न ठाउँमा ६ हजार बेड क्षमताकाक्वारेन्टाइन पनिनिर्माण गरिने भएको छ । काठमाडौं […]

उपत्यकामा भदौ १७ गते मध्यरातिसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस

उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहभागी बैठकले यस्तो सिफारिस गरेको हो । सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरेको काठमाण्डौका सहायक प्रमुुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी […]

गएराती थप तीनजना कोरोना संक्रमितको मृत्यु

कोरोना सङ्क्रमण ( कोभिड १९) कारण मृत्यु हुने क्रम बढेको छ । गएराती थप तीनजनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना, बिराटनगरमा एक जनार बाँकैमा अर्का एकजनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण ५४ बर्षका बर्षका पुरुषको गएराति पाटन अस्पतालका उपचारका क्रममा मृत्यु भएको छ । उहाँको गत साउन […]

सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापितलाई तत्काल स्थानान्तरण गरिने

सिन्धुपाल्चोकका बाढी र पहिरोबाट विस्थापितहरुलाई तत्काल अस्थाई बसोबासको व्यबस्था मिलाउँदै सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी बनेको छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिंहदरबारमा भएको उच्चस्तरीय छलफलमा जोखिमयुक्त बस्तीहरुको प्राविधिक अध्ययन तथा पुनःसर्बेक्षण गर्ने, पहिरोबाट बेपत्ता भएकाहरुको खोजी जारी राख्दै थप राहत सामग्री उपलब्ध गराउने समझदारी भएको हो । हिजो भएको सहमति अनुसार राष्ट्रिय पुनर्निर्माण […]

सङ्क्रमण भएका व्यक्ति, परिवार वा चिकित्सक दुव्र्यवहार भए तत्काल कारवाही गरिने

कोरोना भाइरसको सङ्क्रमण भएका व्यक्ति, परिवार वा चिकित्सक कसैलाई पनि दुव्र्यवहार भए तत्काल उजुरी गर्न सरकारले अनुरोध गरेको छ । दुव्र्यवहार गर्नेलाई सरकारले कारबाही गर्ने गर्ने तयारी गरेकाले उजुरी दिन गृहमन्त्रालयले अनुरोध गरेको हो । कोरोना सङ्क्रमण देखिएपछि आइसोलेशनमा रहेका वा होम आइसोलेशनमा रहेकाहरुले वा तीनका परिवारले नै कोरोना सङ्क्रमण फैलाउँछ भन्ने गलत धारणाका कारण […]

काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा लम्बिने

कोरोनाको सङ्क्रण बढ्दै गएपछि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा लम्बिने भएको छ । उपत्यकाका सबै स्थानीय तहले १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालयहरूले साझा निर्णय गर्ने भएका छन । आज तीनवटै जिल्ला प्रशासन कार्यालयहरूको बैठक बस्दैछ । हिजो बसेको उपत्यका नगरपालिका फोरमको बैठकले १५ भदौसम्म अत्याश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । यसअघि […]

रामेछाप सहित देशभरका ४८ जिल्लामा निषेधाज्ञा जारी

कोरोेना भाइरसको सङ्क्रमण बढेसँगै देशविभन्न जिल्लामा कहीँ पूर्ण र कहीँ आंशिक निषेधाज्ञा जारी छ । स्थानीय प्रशासनले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लाहरुमा कोरोना सङ्क्रमितको अवस्था हेरी पूर्णदेखि आंशिक निषेधाज्ञा जारी गरेका हुन् । गृहमन्त्रालयको तथ्यांक अनुसार हालसम्म पूर्ण र आंशिक गरी ४८ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । कोरोना महामारी नियन्त्रणका लागि देशभर […]

सिन्धुलीमा ७२ वर्षकावृद्धलाई यातना दिने ६ जना पक्राउ

सिन्धुलीमा ७२ वर्षका एक वृद्धलाई बन्धक बनाई यातना दिने ६ जना पक्राउ परेकाछन् । हरिहरपुरगढि गाउँपालिका वडा नं ५ हात्तिदमार धुलौटा का ७२ वर्षकावृद्ध लक्षुमान बम्जनलाई गत शुक्रवार सोहि स्थानका एक परिवारका ७ जनाले बोक्साको आरोप लगााएर ४ घण्टासम्म बन्धक बनाई राखेर कुटपिट तथा यातना दिएका थिए ।यातना दिने मध्येमा वडा नम्बर ५ हात्तिदमार धुलौटाकै […]