नेपालमाकोरोना विरुद्धको खोप सञ्चालनका लागि पूर्वाभ्यास गरिने

नेपालमाकोरोना विरुद्धको खोप सञ्चालनका लागि पूर्वाभ्यास गरिने

सरकारले कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालनगर्न ‘ड्राई रन’गर्ने भएको छ । ड्राई रन एक प्रकारले खोप लगाउने पूर्वाभ्यास हो । खोप ल्याइसकेपछि त्यसको प्रयोगमा सहजताकालागिपूर्वाभ्यासको तयारी थालिएको स्वास्थ्यतथा जनसङ्ख्यामन्त्रालयले जनाएको छ ।ड्राई रनअन्तर्गत एकदिने अभ्यासमाविभिन्न क्षेत्रमाकार्यरत स्वास्थ्यकर्मीले डमी अर्थात् नमुनाखोप लगाउनेछन् । मन्त्रालयकाप्रवक्ता डा.जागेश्वर गौतमले ड्राई रनमाखोप लगाउने तयारीकाबारेमाजानकारी जुटाएर यसमा देखिएको कमी, कमजोरी हटाइने भन्दै खोप प्राप्त भएपछि व्यक्तिको पाखुरामालगाउँदासम्मको कार्यविधि कसरी पूरा हुन्छ भन्ने अभ्यास गर्न ड्राई रनको तयारी भइरहेको बताउनुभयो ।ड्राई रनको तयारी गरिनुको अर्थ कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान सुरु गर्नुभन्दापहिलेको अवस्थाहो । भारतबाट प्राप्तहुने भनिएको कुल २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने कोभिड–१९ विरुद्धको खोपलाई दृष्टिगत गरी सरकारले ड्राई रनको तयारी थालेको पनिउहाँले बताउनुभयो ।हालमुलुकभर भण्डारण, ओसारपसारलगायतखोपसँग सम्बन्धितविभिन्नकामहरूद्रुत गतिमाभइरहेको डा. गौतमले बताउनुभयो ।भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले ‘कोभिसिल्ड’ नामकखोप उत्पादनगरिरहेको छ । जुन बेलायतको अक्सफोर्ड–एस्ट्राजेनेकाको ‘एजेडडी १२२२’ खोप विभिन्न चरणमा नेपालले पाएपछि लगाउने अभियान सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार