पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ६६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ६६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ६६ जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ५०८ नमुना परीक्षण गर्दा ९१ महिला र १७५ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । उनीहरुमध्ये २ लाख ६१ हजार ४४४ जना सङ्क्रमणमुक्त भएका छन् भने १९५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ३ हजार ९१९ संक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार