रामेछापमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिने

रामेछापमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिने

जिल्ला निर्वाचन कार्यालय रामेछापले जिल्लाका ८ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । निर्वाचन आयोगले गत पुस १६ गतेदेखि नै आगामी फागुन २१ गतेसम्मका लागि तय गरेको निर्वाचन सम्वन्धी कार्यक्रम कार्यान्वयन तालिका भित्र रहेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको आज रामेछाप सदरमुकाम मन्थलीमा आयोजित अन्तरक्रिया कार्यक्रमा जानकारी गराइएको छ । मतदाता अध्याबधिक तथा दावी विरोध कार्यक्रम स्थानीय तहको केन्द्रलाई आधार मानेर सञ्चालन गरिने छ ।

स्थानिय तहमा माघ १५ गतेदेखी २१ गतेसम्म र जिल्ला निर्वाचन कार्यालयमा माघ १५ गतेदेखी २६ गतेसम्म मतदाताले मतदाता नामावलीमा भएको आफ्नो नाम विवरण हेर्न एबं अद्यावधिक गर्न, मतदाता नामावलीमा भएका दोहोरोपन वा त्रुटी हटाउने अबसर पाउनेछन् । अध्याबधिक कार्यक्रममा मतदाता नामावली ऐनले व्यवस्था गरेका कार्यहरु सम्पन्न गरी हालसम्म संकलित मतदाता नामावलीलाई वैधानिकता प्रदानका कार्य गरिनेछ ।

मतदाता नामावलीमा भएको त्रुटी सच्याउने, नाम हटाउने वा दोहोरो नाम हटाउने काम सम्पन्न भएपछि जिल्ला निर्वाचन कार्यालयको सर्भरमा विवरण अद्यावधिक गर्ने, त्यसपछि निर्वाचन आयोगमा डाटा एकीकरण गर्ने, दोहोरो परीक्षण गरी दोहोरिएको डाटा हटाउने र आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गराएर सोको विवरण आयोगको वेबसाइटमा प्रकाशन गरिने जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

आगामी बैसाख १७ गते र २७ गते तोकिएको निर्वाचनमा गत पुस ५ गते १८ वर्ष उमेर पूरा भएका मतदाताले मात्र मतदानमा सहभागी हुन पाउने छन् । प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माको संयोजकमा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्य समितिका प्रमुख प्रेमवहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार