रामेछाप पुरानागाउँका १ सय ८३ जना जेष्ठ नागरिक सम्मानीत

रामेछाप पुरानागाउँका १ सय ८३ जना जेष्ठ नागरिक सम्मानीत

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँले आफ्नो वडाका ७० बर्ष नाघेका जेष्ठ नागरिकहरुलाई जाडो महिनामा ओड्ने कम्बल बितरण गरेको छ । पुरानागाउँ वडा कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिकहरुलाई कम्बल बितरण गर्दै सम्मान गरिएकोे हो । लक्षित वर्ग सम्मान कार्यक्रम मार्फत गाउँका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको वडा अध्यक्ष बुद्धिबहादुर मगरले जानकारी दिनुभयो । पुरानागाउँका महिला र पुरुष गरि १ सय ८३ जना जेष्ठ नागरिकहरुलाई एक÷एक थान कम्वल बितरण गरेको उहाँले बताउनुभयो । यो जाडोमा ओढ्ने कम्बल पाएपछि जेष्ठ नागरिकहरु निकै खुशी देखिन्थे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार