देशका १३ स्थानीय तहले बजेट पास नगरी खर्च गरे

देशका १३ स्थानीय तहले बजेट पास नगरी खर्च गरे

चालु आर्थिक वर्षको ६ महिना सकिँदा पनि १३ वटा स्थानीय तहले बजेट पास नगरी खर्च गरिरहेको पाइएको छ । स्थानीयले तहले आगामी आर्थिक वर्षको लागि अघिल्लो आर्थिक वर्षको १० असारसम्म बजेट पास गरिसक्नु पर्ने कानुनी व्यवस्था छ । चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि १३ वटा स्थानीय तहले बजेट पेस गर्न नसकेका हुन् । अहिलेसम्म बजेट पेस नगर्ने स्थानीय तहमा प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका एकरएक, प्रदेश २ का ८ र कर्णाली प्रदेशका २ वटा छन् । पहिलो पटक अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ को अन्तिमसम्म सबै स्थानीय तहले सफ्टवेयरमार्फत बजेट पेस गरेका थिए । गत वर्ष ४ खर्ब ४ अर्ब रुपैयाँको बजेट ल्याएका स्थानीय तहहरूले ३ खर्ब २० अर्ब रुपैयाँ खर्च गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार