विश्व महिला खुल्ला कविता प्रतियोगितामा रामेछापकी चेली कल्पना तामाङ प्रथम

रामेछापकी चेली कल्पना तामाङ विश्व महिला खुल्ला कविता प्रतियोगितामा प्रथम हुनुभएको छ । रामेछापको मन्थली नगरपालिका वडा नं ४ का कवयित्री तामाङ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय महिला समितिले आयोजना गरेको विश्व महिला खुल्ला कविता प्रतियोगितामा प्रथम हुन सफल हुनुभयो । १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा (अनेसास) केन्द्रीय महिला समितिले विश्व महिला खुल्ला […]

नेपाल समूहलाई कारबाही गर्ने प्रधानमन्त्री ओलीको भनाइ

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई कारबाही गर्ने बताउनुभएको छ । पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधव नेपाल लगायत नेताहरुलाई कारबाही हुने बताउनुभएको हो । कर्णाली प्रदेशमा नेपाल समूहले गरेको फ्लोर क्रसतर्फ सङ्केत गर्दै उहाँले माधव नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेको , अराजक, अस्थिर, अत्यन्त […]

सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक

सरकारले सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेशमा सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ ।विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ । यस्तै, सरकारले मुलुकमा बढ्दै गएको […]

२४ घण्टामा १२ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १२ सय ८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार १ जनामा गरिएको पीसीआर परीक्षणमा १२ सय २७ र ५ सय ४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जना गरी १२ सय ८१ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल […]

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सरकारले पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । सोमबार खान छुटेकालाई मंगलबार पनि भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ ।६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । आफूलाई पायक पर्ने वितरण […]

पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, अरु भू–भागको मौसम सामान्यतया सफा रहने

आज पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही मुलुकको अरु भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी क्षेत्रको मौसम प्रभावित हुने भएको हो ।अहिले देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।दिउँसो […]

३३ पदक सहित गौरीशंकर माविले जित्यो तेस्रो रास्ट्रपति रनिङ शिल्ड

“स्वास्थ्यका लागी खेलकुद , राष्टका लागी खेलकुद ” भन्ने मुल नाराका साथ रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा शुक्रबारदेखि सुरु भएको तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता श्री गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा श्री गौरीशंकर माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न खेलमा […]

२४ घण्टामा नेपालमा १ हजार ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४ पीसीआर परीक्षणमा १ हजार १५ जना र ६ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १ हजार ९६ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये काठमाडौं जिल्लामा ३ सय २६, […]

देशभर ८ सय ४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

बितेको २४ घण्टामा देशभर ८ सय ४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ सय ६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६ जनानिको भएका छन् भने ५ जनाको मृत्यु भएको छ । देशभर कोराना […]

दोरम्बामा आगलागी हुँदा दुई घर जलेर नष्ट

रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका २ मा आगलागीबाट २ वटा घर जलेर नष्ट भएका छन् । डिक बहार नेपाली, तुलसी नेपाली र सन्तमायाँ नेपाली गरी तीन परिवार बस्दै आएका घर जलेर नष्ट भएका हुन् । डिकबहादुरको घरमा आगो लागेको थाहा पाउना साथ दोरम्बास्थित नेपाली सेना, प्रहरी र स्थानीय आगो नियन्त्रणमा जुटेका थिए । आगलागीबाट मानवीय क्षति […]