पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ८० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ८० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५ सय ६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८ सय ५० पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ८० जनाको मृत्यु भएको विवरण आएको मन्त्रालयले जनाएको छ । आज देशभर गरी ८८ हजार १६० जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार