नेपालमा ९ हजार २३ जना कोरोना सङ्क्रमित थपिए

नेपालमा ९ हजार २३ जना कोरोना सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार २३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ९८७ परीक्षणबाट आज ९ हजार २३ जना सङ्क्रमित फेला परेका हुन् ।

आजकाठमाडौँ उपत्यकामा मात्रै ४ हजार १ सय६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ३ हजार ८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जनामा गरी कुल ४ हजार १०६ जनाथपिएको जानकारी दिनुभयो ।

यो सँगै नेपालमाकोरोना सङ्क्रमितको संख्या ३ लाख७७हजार ६०३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।

आज कोरोनाबाट ५० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । योसँगै कोरोनाबाट ज्यानगुमाउनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ । सक्रिय सङ्क्रमित ७८ हजार ६२९ छन् भने क्वारेन्टाइनमा ३ सय ८० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार