रामेछाप नगरपालिकाका उपमेयरले बनाए आफू चढ्ने गाडीलाई एम्बुलेन्स

रामेछाप नगरपालिकाका उपमेयरले बनाए आफू चढ्ने गाडीलाई एम्बुलेन्स

रामेछाप जिल्लामा कोरोना संक्रमित दैनिक बढ्दै गएपछि रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले आफु चढ्ने गाडीलाई कोरोना संक्रमित बोक्ने एम्बुलेन्सको रुपमा व्यवस्थापन गर्नुभएको छ ।

नगरपालिका भित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव नहोस भनेर आफुले चढ्ने गाडीलाई एम्बुलेन्स बनाइएको उहाँले बताउनुभयो ।

’नगरवासीहरुलाई उपचारका लागि अस्पताल पुग्न सहजहोस,यस्तो बेलामा हामी गाडी चढेर के गर्ने ? त्यसैले म चढने गाडीलाई एम्वुलेन्स बनायौं ’ उपप्रमुख खड्काले भन्नुभयो । उहाँले चढ्ने बा २ झ ४४६३ नम्बरको गाडी नगरपालिकाका नागरीकहरुको उपचारका लागि प्रयोग हुनेछ ।

गाडीमा सिट र आवश्यकता अनुसार अक्सिजन सिलिण्डर व्यवस्थापन गरिने छ । रामेछाप नगरपालिकाका प्रमुख नर ब. थापा मगरले आवश्यक परे आफुले चढ्ने गाडीलाई पनि एम्बुलेन्स बनाईने बताउनुभयो ।

नगरपालिकाले दुई वटा एम्बुलेन्स किन्ने तयारी भईरहेका बेला कोविड माहामारी आएर सो काम रोकिएको र जसका कारण आफु र उपप्रमुखले चढ्ने गाडी एम्बुलेन्स बनाउने निर्णय भए अनुसार दुई वटा गाडीलाई एम्बुलेन्स बनाईने नगर प्रमुख थापा मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार