पाँच जना पत्रकारसहित रामेछापमा थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि

पाँच जना पत्रकारसहित रामेछापमा थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा विहीबार पाँच जना पत्रकारसहित थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्गै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ७६ जना पुगेको छ ।

वैशाख २१ गते मङ्गलबार प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा स्वाब सङ्कलन गरी कोरोना परीक्षणका लागि पठाइएको ३८ जनाको स्वाबमध्येबाट २६ जना र जिल्ला अस्पताल रामेछापबाट तीनजनाको स्वाब पठाइएकोमा तीनैजनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार पाँचजना पत्रकारसहित २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यसअघि रामेछापका अर्का एक पत्रकारमा पनि कोरोना संक्रमण देखिएको थियो ।

थपिएका २९ जनासहित विहीबारसम्म जिल्लामा कुल कोरोना सङ्क्रमितको सङ्ख्या ३०२ जना पुगेको छ । यसमध्ये २२६ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार