रामेछापमा निशेधाज्ञा उल्लंघन गर्दै यात्रु बोकेको सुमो दुर्घटना

रामेछापमा निशेधाज्ञा उल्लंघन गर्दै यात्रु बोकेको सुमो दुर्घटना

निशेधाज्ञा उल्लंघन गर्दै यात्रु बोकेको सुमो दुर्घटना भएको छ । रामेछापको मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको सिमानामा पर्ने कुकुर काटे भन्ज्याङ भन्ने ठाउँमा आज दिउँसो सुमो दुर्घटना भएको हो । रामेछापको पुरानो सदरमुकाम रामेछाप डाँडाबाट यात्रु बोकेर लिखु तामाकोसी गाउँपालिका नागदह तर्फ जाँदै गरेको ना १ ज ३५१५ नं को सुमो दुर्घटना भएको हो । सुमोमा ७ जना यात्रु सवार थिए । उनीहरु सबैजना सकुशल रहेको चालक राजकुमार मगरले इरामेछाप डट कमलाई जानकारी दिनुभयो । कच्ची सडकमा ब्रेक फेल भएर गाडी सडकबाट लगभग ६० मिटर जति तल खसेको चालक मगरले बताउनुभयो । कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरण गर्न रामेछाप प्रशासनले जिल्लामा जारी गरेको निशेधाज्ञा उल्लंघन गर्दै भित्री सडक प्रयोग गरेर चालकले सुमोमा यात्रु ओसारपसार गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार