रामेछापमा थपिए ३८ जना कोरोना संक्रमित, सक्रिय संक्रमित १०१ पुग्यो

रामेछापमा थपिए ३८ जना कोरोना संक्रमित, सक्रिय संक्रमित १०१ पुग्यो

रामेछापमा आज एकैदिन थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्गै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १०१ जना पुगेको छ ।

मन्थली प्रथामिक स्वास्थ्य केन्द्रबाट पठाइएको २६ जनाको स्वाबमा २० जना र दोरम्बा शैलुङ्ग गाउँपालिकाबाट पठाइएको ४० जनाको स्वाबमध्ये १० जना , रामेछाप नगरपालिकामा सात जना र खाँडादेवी गाउँपालिकाको एकजना गरी आज एकैदिन ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो ।

आज थपिएका ३८ जनासहित २०७८ वैशाख ३ गतेपछि जिल्लामा कोरोना सङ्क्रमित हुनेको कुल सङ्ख्या १२७ जना पुगेको छ । यसमध्ये २६ जना कोरोनामुक्त भएर डिस्चार्ज भैसकेका छन् ।

जिल्लाका बजारहरुमा कोरोना संक्रमण तिव्र रुपमा फैलिएको हुनसक्ने स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए अस्पतालमा आएर पिसिआर परीक्षण गराउन उहाँले नागरीकलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार