रामेछापका बजारहरुमा फेरी निषेधाज्ञा एक साता थप

रामेछापका बजारहरुमा फेरी निषेधाज्ञा एक साता थप

जिल्ला प्रशासन कार्यालय रामेछापले रामेछापका बजारहरुमा जारी निषेधाज्ञा एक साता थप गरेको छ । आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जारी निषेधाज्ञा जेठ ३ गते सोमबार मध्यराति १२ः०० सम्म थप गर्ने निणर्य गरेको हो ।

रामेछाप प्रशासनले यसअघि मन्थली नगरपालिका वडा नं १ को मन्थली बजार क्षेत्र र वडा नं. २ को करम्बोट बजार,मन्थली नगरपालिका वडा नं.३ ठुलीमदौँ, वडा नं. ६ कुनौरी र सेलेघाट, वडा नं. ७ को मुगिटार, वडा नं. ८ को गाइखुरा क्षेत्रमा वैशाख २० गते सोमबार राति १२ः०० बजेदेखि २७ गते राति १२ः०० बजेसम्मका लागि जारी गरिएको थियो ।

यसैगरी,मन्थली नगरपालिका वडा नं. १३ को देवीटार र वडा नं. १४ को पोखरी बजार , गोकुलगङ्गा गाउँपालिका वडा नं. १, ४ र ५ क्षेत्र र रामेछाप नगरपालिका भित्रका सम्पूर्ण बजार क्षेत्रहरुमा निषेधाज्ञा लगाएको थियो ।

निषेधाज्ञाको समयमा अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन, हिडडुल गर्न पुर्ण रुपमा रोक लगाइएको छ । तर जिल्लामा दैनिक कोरोना संक्रमितहरु बढ्दै गएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार