आज कोरोनाका कारण ५३ जनाको मृत्यु, ८ हजार ४ सय १८ सङ्क्रमित

आज कोरोनाका कारण ५३ जनाको मृत्यु, ८ हजार ४ सय १८ सङ्क्रमित

पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ४१८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि हिजो नेपालमा ९ हजार १ सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ५० जनाको मृत्यु भएको थियो । आज १७ हजार ३ सय १५ जनाको पीसीआर विधि र ९ सय ८९ जनाको एन्टिजेन विधिबाट परीक्षण सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ । हाल सम्म कोरोनाका कारण ३ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ । आजसम्म देशभर सक्रिय सङ्क्रमित ८३ हजार ४ सय ९३ जना पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार