राजनीतिक दल कोरोना नियन्त्रण भन्दा राजनीतिक चलखेलमा केन्द्रीत

कोरोनाको उच्च जोखिम बढिरहेका बेला सरकार र राजनितिक दल कोरोना नियन्त्रणमा भन्दा पनि राजनितिक चलखेलमा बढि केन्द्रीत भएका छन् । नेकपा एमाले भित्रको विवादका कारण शिर्ष नेताहरु कोरोनाको कहर नियन्त्रणमा भन्दा आफ्नै पार्टी कसरी जोगाउने भन्ने चिन्तामा छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफु नेतृत्वको सरकार जोगाउन र पार्टी भित्रका नेताहरुलाइ कारबाही गर्नमा व्यस्त देखिनुभएको […]

सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानुन अनुसार कारबाहीःप्रधानमन्त्री

राजधानी लगायत देशका विभिन्न भागमा दिनहुँ कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएको अवस्था र नियन्त्रणका लागि भएका प्रयासहरू बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीसीएमसीले ‘ब्रिफिङ’ गरेको छ । कोभिड–१९ सङ्क्रमण तीब्र रूपमा फैलिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले प्रधानमन्त्री ओलीलाई सबै प्रयास र अवस्थाबारे जानकारी गराएको हो । अहिलेको भयावह […]

आज विश्व औलो दिवस मनाइँदै

आज विश्व औलो दिवस । सरकारले अन्य वर्ष झै यस वर्ष भव्य कार्यक्रमको आयोजना नगरि मनाउने भएको छ ।“शून्य औलोको लक्ष्यमा पुग्दैछौ”भन्ने नाराका साथ सरकारले यो दिवस मनाउन थालेको हो ।सरकारले सन् २०२५ सम्ममा मुलकलाई औलोमुक्त राष्ट्रका रुपमा पुर्याउने उद्देश्य लिएको छ । सोही उद्देश्यका साथ औलोका विषयमा विभिन्न क्रियाकलाप पनि गर्दै आएको छ । […]

विनाशकारी भूकम्पको ६ वर्ष पूरा, ९३ प्रतिशत निजी आवासमा पुनर्निर्माण

१२ वैशाख ०७२ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको आज ६ वर्ष पूरा भएको छ । भूकम्पले ध्वस्त बनाएका कयौँ संरचना पुनर्निर्माण भएका छन् । विशेषगरी विद्यालय भवन, सुरक्षा निकाय भवन र सडक निर्माणमा राम्रो प्रगति भएको छ । आमसर्वसाधारणको चासो रहेको ऐतिहासिक महत्वका धरहरा, रानीपोखरीजस्ता सम्पदाको पुनर्निर्माण पनि सम्पन्न भएका छन् । राष्ट्रिय पूर्वाधार प्राधिकरणका […]

खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एकको ज्यान गयो, २२ घाइते

खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।सप्तरीको कञ्चनरुप नगरपालिकाबाट हलेसी दर्शनका लागि आएको बा ३ ख ९२८५ नम्बरको बस शनिबार बिहान दुर्घटना हुँदा बसका सहचालक सिन्धुपाल्चोकबका १८ वर्षीय अनिल तामाङको घटनास्थलमै ज्यान गएको हो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी दर्शन गरेर फर्कने […]

धरहराको पुननिर्माण पछि आज उद्घाटन

२०७२ सालको भूकम्पले ढालेको धरहराको पुननिर्माण पछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभएको छ । धरहराको पुननिर्माण संगै प्रधानमन्त्री ओलीले एक समारोहका बीच आज पुनर्निर्मित धरहराको प्रवेशद्वारमा राखिएको शिला लेखको अनावरण गरि उद्घाटन गर्नुभयो । उद्घाटन पछि प्रधानमन्त्रीओलीले लिफ्टबाट धरहराको २० औ तलामा पुगेर पुष्पवृष्टि गर्नुभएको छ । भूकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुनर्निर्माणका लागिप्रधानमन्त्रीओलीले […]

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय २५ नमूनाको पिसिआर परीक्षण र १ हजार १४३ जनाको एन्टिजेन परीक्षण भएको थियो । त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ८६ जना र एन्टिजेन […]

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २८ जनामानोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। १० हजार ४ सय ४८ जनाको परीक्षण गरिएकोमा २३ दशम्लव २३ प्रतिशतलाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट १० हजार १ जनाको परीक्षण गर्दा २ हजार ३ सय ६५ र एन्टिजेन विधिबाट ४ […]

रामेछाप सहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा

रामेछाप सहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ। जलतथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज बिहानदेखि नै काठमाडौं उपत्यका सहित देशकाअधिकांश भागमा पानी परिरहेको छ । वर्षा गराउने मौसम प्रणाली दक्षिण भारतबाट प्रदेश २ हुँदै प्रवेश गरेको र प्रदेश २ मा वर्षा गराई अहिले यो प्रणाली क्रमशःबागमती, गण्डकी हुँदै अबप्रदेश १ […]

स्वास्थ्य सेवा प्रवाह गर्दा अन्तर्राष्ट्रिय मान्यता प्राप्त उपकरण मात्रै प्रयोगमा ल्याउन निर्देशन

सरकारले स्वास्थ्य सेवाप्रदानगर्दा आवश्यक पर्ने स्वास्थ्य सामग्रीअन्तर्राष्ट्रिय मान्यताप्राप्त गुणस्तर भएका सामग्रीहरु मात्रै प्रयोगमा ल्याउन निर्देशन जारी गरेको छ । मन्त्रालयले यहि वैशाख ३ गते बसेको मन्त्री स्तरीय बैठकले गरेको निर्णय अनुसार युएसए एफडी, इयुसीई जस्ता अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएका गुणस्तरीय स्वास्थ्य सामग्रीप्रयोग गर्नु पर्नेछ । मन्त्रालयकाअनुसार स्वास्थ्य सेवाप्रवाहगर्दा स्वास्थ्य सेवाको गुणस्तर कायमगर्न प्रयोगशाला, प्रयोगशालामाप्रयोग हुने […]