ड्रममा राखिएको पानीमा डुबेर मन्थलीमा बालकको मृत्यु

ड्रममा राखिएको पानीमा डुबेर मन्थलीमा बालकको मृत्यु

रामेछापको मन्थली नगरपालिकामा आज ड्रममा राखिएको पानीमा डुबेर २८ महिने बालकको मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं १३  चिण्डे भन्ने ठाउँका कुमार भुजेलका २८ महिने छोराको ड्रममा राखिएको पानीमा डुबेर निधन भएको हो ।

भुजेलको घरमा ड्रमको मुख काटेर खुल्ला बनाएर पानी हाल्ने गरिएको उक्त ड्रममा बालक खेल्दै जाने क्रममा डुबेको र तत्काल ड्रमबाट निकालेर बालकलाई उपचारको लागी तामाकोसी सहकारी अस्पताल पुर्याइएको भएपनि बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार