वाग्मती प्रदेश सरकारद्धारा दुई वर्षमा २ सय ६ किलोमिटर सडक निर्माण

वाग्मती प्रदेश सरकारले दुई वर्षको अवधिमा सडक नपुगेका गाउँमा २ सय ६ किलोमिटर नयाँ सडक ट्र्याक खोलेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले गाउँका नागरिकलाई सडकको पुँहुचसम्म पुर्याउनका लागि भनेर दुई वर्षको अवधिमा २ सय ६ किलोमिटर नयाँ सडक ट्र्याक खोलिएको हो । निर्देशनालय मातहतका कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ […]

रामेछाप सुकाजोरका एक कोरोना संक्रमित महिलाको मृत्यु

रामेछाप जिल्लामा आज एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरकी ५७ वर्षीया महिलाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले बताउनुभयो । केहि दिन अघि जिल्लाबाट थप उपचारको लागी काठमाडौ पठाइएको ति महिलाको उपचारको क्रममा आज मृत्यु भएको हो । यो सँगै जिल्लामा […]

रामेछापका शिक्षकहरु रिले अनशनमा

नेपाल शिक्षक महासंघ रामेछापमा आवद्ध शिक्षकहरु रिले अनशन बसेका छन् । विभिन्न ३० बुँदे माग राख्दै आन्दोलन थालेको महासंघले चौथो चरणको आन्दोलन गरिरहेको छ । सरकारले महासंघको मागलाई बेवास्ता गरेको भन्दै आज रामेछाप लगायत देशभरका शिक्षकहरु एक दिने रिले अनशन बसिरहेका हुन । नेपाल शिक्षक महासंघ रामेछापमा आबद्ध शिक्षकहरु जिल्लाको सबै स्थानिय तहहरुमा अनशन बसिरहेका […]

कोरोना सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या ५४ हजार नाघ्यो

बितेको डेढ वर्षमा नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या ५४ हजार नाघेको छ ।हालसम्म ५४ हजार ४ सय ६० बालबालिकामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायले जानकारी दिनुभयो । पहिलो लहरमा २१ हजार ५ सय२३ जना बालबालिका सङ्क्रमित भएका थिए भने दोस्रो लहरमा ३२ […]

बलात्कार गरेर फरार बालक रामेछापको सुनापतीबाट पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापले बलात्कार गरेर फरार एक बालकलाई पक्राउ गरेको छ । जिल्ला अदालत रामेछापले जबरजस्तिकरणीमा १२ वर्ष ६ महिना कैद फैसला सुनाएदेखी फरार रहेका बालकलाई आज पक्राउ गरेको हो । रामेछापको सुनापति गाउँपालिका वडा १ धारापानी घर भएका ति बालकलाई प्रहरीले उनको घरमै गएर पक्राउ गरेको हो । ति बालकलाई आबश्यक कार्बाहीको लागि […]

रामेछापमा आज १८ जना कोरोना संक्रमित थपिए,१९ जना निको

रामेछाप जिल्लामा आज १८ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा २ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा २ जना ,रामेछाप नगरपालिकामा ३ जना,उमाकुण्ड गाउँपालिकामा १ जना,खाँडादेवि गाउँपालिकामा ४जना,गोकुलगंगा गाउँपालिकामा ४ जना र लिखु तामाकोशी गाउँपालिकामा २ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २६ सय […]

फोन र इन्टरनेट चलेन भन्दै वडाअध्यक्ष सहित सेवाग्राहि पुगे टेलिकमको कार्यालय मन्थली

रामेछापमा टेलिफोन र इन्टरनेटमा आएको समस्यामा महिनौ हुँदा पनि समाधान नभएपछि रामेछाप नगरपालिकाका जनप्रतिनिधि र स्थानीय सहितको टोलीले नेपाल टेलिकमको कार्यालय मन्थलीमा ध्यानकार्षण पत्र बुझाएका छन् । ल्याण्डलाईन फोन, मोबाइल फोन र इन्टरनेटमा समस्या आएको महिनौ हुँदा पनि समधानको लागि कार्यालयले ध्यान नदिएको भन्दै रामेछाप नगरपालिका वडा नं ७ का वडाध्यक्ष समिर कार्की, वडा नं […]

आज देशभरको मौसम प्रतिकुल,केही प्रदेशमा भारी वर्षाको सम्भावना

आज पनि देशभरको मौसममा सामान्य देखि पूर्ण बदली हुनेछ । अहिले गण्डकी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली भएको छ भने बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ। दिउँसो धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको […]

बागमती प्रदेशद्धारा चार आर्थिक बर्षको बजेट कार्यान्वयनको अवस्था सार्वजनिक

बागमती प्रदेश सरकारले अघिल्लो चार आर्थिक बर्षको बजेट कार्यान्वयनको अवस्था सार्वजनिक गरेको छ ।आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब डंन्डुराज घिमिरेले बुधबार पत्रकार सम्मेलनमार्फत सरकार गठन भएदेखिको बजेट सार्वजनिक गर्नुभएको हो ।आर्थिक बर्ष २०७४ ÷२०७५ देखि चालु आर्थिक बर्ष ०७८ ÷०७९ सम्मको बजेट समीक्षा सार्वजनिक गरिएको छ । उहाँले स्थानीय तहहरुलाई समानीकरण अनुदानबापत आर्थिक बर्ष […]

आज पनि देशभरको मौसम प्रतिकुल,केही प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशभरको मौसम सामान्य देखि पुर्ण बदलीको अवस्थामा छ । अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी […]