माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशित

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्याङ्कन देशभरबाट सङ्कलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो ।विद्यालयबाट आएको मूल्याङ्कनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

विद्यालयको आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरेकोले यो वर्ष पनि बोर्डले नतिजा विश्लेषण नगरेको उहाँले जानकारी दिनुभयो । परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फ प्राप्त गर्न सकिने बताएको छ ।

नतिजा बोर्डको वेबसाइट  www.see.gov.np, www.neb.gov.np मा गएर हेर्न सकिनेछ । यस्तै एसएमएसबाट पनि नतिजा हेर्न सकिनेछ । तल सूचनामा उल्लेख भएअनुसार वेबसाइट तथा एसएमएसमार्फत नतिजा हेर्न सकिने बाेर्डले जनाएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार