आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदै
आज रक्षा वन्धन तथा जनै पूर्णिमा पर्व देशभर मनाइँदैछ ।आज जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाध्ने परम्परा रहेको छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै पुरोहितले दाहिने नाडीमा बाँधिदिने परम्परा रहेको नेपाल पञ्चाङ्ग […]

