आजपनि न्यून चापीय रेखाको प्रभाव कायमै, देशका अधिकांश स्थानमा पानी पर्ने

आजपनि न्यून चापीय रेखाको प्रभाव कायमै, देशका अधिकांश स्थानमा पानी पर्ने

मौसम पूर्वानुमान महाशाखाले आजपनि देशका अधिकांश स्थानमा मौसम बदली रहने बताएको छ । महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको र मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक रहेको बताएको हो।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं. १, प्रदेश २ र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भएको छ। आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आजराती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु पनि अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार