५७ औँ राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

५७ औँ राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज ५७ औँ राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘सामान्य अवस्था वा कोभिड महामारी ःबालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित यस वर्षको बाल दिवस मनाउन लागिएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रिय बालअधिकार परिषद्ले सडक बालबालिकामुक्त राष्ट्र अभियान, हिंसा, दुव्र्यवहार, हराउनेलगायतका जोखिमबाट बालबालिकालाई संरक्षण गर्न देशभर १८ वटा बाल हेल्पलाइन सेवा केन्द्र सञ्चालन गरेको छ ।

जसमा १०९८ र प्रहरीसँगको समन्वयमा खोजतलास केन्द्र १०४ मा सम्पर्क गरेर सूचना टिपाउन सकिने व्यवस्था गरिएको छ ।जोखिममा परेका बालबालिकाको संरक्षणका लागि अस्थायी संरक्षण केन्द्र, सङ्घ, प्रदेश र स्थानीय तहमा बालबालिकासम्बन्धी ऐन कार्यान्वयनका क्रममा रहेको छ ।

अनाथ बालबालिकाको संरक्षणका लागि नेपाल बाल सङ्गठनको स्थापना गरी विक्रम संवत् २०२१ देखि नेपालमा बालबालिकाको समस्या सम्बोधनको प्रयास सुरु भएको पाइन्छ ।

संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धि–१९८९ लाई नेपालले विसं २०४७ भदौ २९ गते अनुमोदन गरेको थियो । दिवसको सन्दर्भमा परिषद्ले ‘सङ्घीय नेपालमा बालअधिकार’ विषयमा दुई मिनेटको भिडियो प्रतियोगिताको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार