लुटपाट गरी भाग्दै गरेको अवस्थामा रामेछापका एकजनासहित दुई जना पक्राउ

काठमाडौँको शान्तिनगरबाट ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा रामेछापका एकजनासहित दुई जना पक्राउ परेका छन् । काठमाडौँखमहानगरपालिका–३१ शान्तिनगर तरकारी बजारको गल्लीबाट सर्लाही हरिहरपुर नगरपालिका–९ घर भएका २३ वर्षीय पुरुषको नगद ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा दुई जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ललितपुर इमाडोल बस्ने रामेछाप […]

भदौ १ गतेदेखि प्लास्टिक झोला प्रतिबन्धमा कडाई गरिने

सरकारले आगामी भदौ १ गतेबाट ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोगमा कडाइ गर्ने भएको छ । वातावरण विभागले आज मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै भदौ १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन, बिक्री, आयात र प्रयोगमा लगाइएको प्रतिबन्धलाई लागू गर्न कडाई गर्ने जनाएको हो । सरकारले गत वर्ष असोज १९ को राजपत्रमा सूचना […]

एसईईको नतिजा भोलि सार्वजनिक हुने

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी छ । यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ  न्यूनतम ४० […]

खिम्ती खोला तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह

रामेछापको खिम्ती खोला, रसनालु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले खिम्ती खोला तथा तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै गएराति कास्कीको घलेखर्क वर्षामापन केन्द्र र आसपासमा ठूलो पानी परेको छ । घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन […]

रामेछापमा पनि डेंगु पुष्टि, के हो डेंगु ? कसरी बच्ने ?

रामेछाप जिल्लामा पनि डेंगु पुष्टि भएको छ । रामेछापमा लामखुट्टेको टोकाईबाट तिन जनामा डेंगु भेटिएको हो । जिल्ला अस्पतालमा उपचार गर्न आएका ३ जनामा हिजो डेंगु पुष्टि भएको जिल्ला अस्पताल रामेछापका डाक्टर मनोज कुमार यादवले जानकारी दिनुभयो । रामेछाप नगरपालिका वडा नं ९ का कुल ब श्रेष्ठ,वडा नं ८ का २ जना बालबालिका मन्दिप हायु […]

रामेछापमा डेंगुको जोखिम बढ्यो,आज तिन जनामा डेंगु पुष्टि

रामेछाप जिल्लामा पनि डेंगु पुष्टि भएको छ । रामेछापमा लामखुट्टेको टोकाईबाट तिन जनामा डेंगु भेटिएको हो । जिल्ला अस्पतालमा उपचार गर्न आएका ३ जनामा आज डेंगु पुष्टि भएको जिल्ला अस्पताल रामेछापका डाक्टर मनोज कुमार यादवले जानकारी दिनुभयो । रामेछाप नगरपालिका वडा नं ९ का कुल ब श्रेष्ठ,वडा नं ८ का २ जना बालबालिका मन्दिप हायु […]

नेपाल विद्यालय कर्मचारी परिषद रामेछाप कार्यसमिती गठन,अध्यक्षमा रमेश तामाङ

नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला कार्यसमिती रामेछाप गठन गरिएको छ । रामेछाप सदरमुकाम मन्थलीमा आज नेपाल विद्यालय परिषदका केन्द्रिय अध्यक्ष गंगाराम तिवारीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि कार्यसमिती गठन गरिएको हो । रमेश तामाङको अध्यक्षतामा गठन भएको कार्यसमिती उपाध्यक्ष महिलामा अमला कुमारी श्रेष्ठ,उपाध्यक्षमा कालुमान तामाङ,सचिवमा मिथुन थापा,कोषाध्यक्षमा सुरज थापा,सहसचिवमा समिना तामाङ,सदस्यहरुमा सन्त बहादुर श्रेष्ठ,ललिता […]

सडक बालबालिकाको मिर्गौला बेच्ने रामेछापका एक सहित पाँच जना पक्राउ

प्रहरीले मृर्गौला बेचविखनमा संलग्न रहेको आरोपमा रामेछापका एक सहित पाँच जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सडक बालबालिकाहरुलाई प्रलोभनमा पारी मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, बिमलबहादुर शाही र झापाका आशिष तामाङलाई पक्राउ गरिएको […]

‘ल्याण्डफिल्ड’ साइड निर्माणको काम गुणस्तरहिन भएको भन्दै भर्लेका स्थानिय आक्रोसित

रामेछाप बजारको फोहोर व्यवस्थापनका लागि रामेछाप नगरपालिका वडा नं ८ भर्लेमा ‘ल्याण्डफिल्ड’ साइड निर्माण भइरहेको छ । तर भर्लेका स्थानियले निर्माण कम्पनीले गुणस्तरहिन काम गरेको भन्दै आपत्ति जनाएका छन । त्यहाँका स्थानिय रमेश तामाङले निर्माण कम्पनीले लापरबाहि तरिकाले काम गरेको बताउनुभयो । ‘ल्याण्डफिल्ड’ साइडको कम्पाउन्ड जाली हाल्दा फलामको पोल थोरै मात्रै गाडेर हालिएको जसले गर्दा […]

दुःखी गरीबहरुले भगवान् मान्छन रामेछापका प्रदिप घिमिरेलाई

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं। ४ सालुमा मध्यम वर्गीय परिवारमा स्वर्गीय माता पुन कुमारी घिमिरे र पिता गंगा प्रसाद घिमिरेको कोखबाट पहिलो सन्तानको रुपमा जन्मिएका प्रदिप घिमिरे अमूल्यको बाल्यवस्था सामान्य थियो । उनीले सामलिस्थानको एक विद्यालयबाट कक्षा कक्षा ४ सम्मको अध्ययन गरेका थिए भने श्री सेतीदेवी माध्यमिक विद्यायबाट कक्षा ८ सम्मको अध्ययन गरे । […]