मानसिक दिवसको अवसरमा चिकित्सक, विभिन्न संस्था, पत्रकारसहित १३ जना सम्मानित

विश्व मानसिक दिवसको अवसरमा पत्रकारसहित १३ जनालाई सम्मान गरिएको छ । मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालद्धारा आज राजधानीमा आयोजित कार्यक्रममा उक्त व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । चिकित्सक, विभिन्न संस्था, पत्रकारसहित १३ जनालाई सम्मान गरिएको मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालका सभापति एवं मनोविद गोपाल ढकालले बताउनुभयो । त्यस्तै कार्यक्रममा उहाँले कोरोना महामारीले […]

बागमती प्रदेशमा सूचना बैंक सञ्चालनमा

बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने उदेश्यले सूचना बैंक सञ्चालनमा आएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री अजय क्रान्ति शाक्यले सूचना बैंकको शनिबार हेटौंडामा उद्घाटन गर्नुभयो । बैंकमा प्रदेशका सात वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट उपलब्ध हुने मन्त्री शाक्य ले जानकारी दिनुभयो । प्रदेश सञ्चार माध्यम व्यवस्थापन […]

विद्यालय कर्मचारीको शिक्षा मन्त्रीलाई खुल्ला पत्र

माननिय शिक्षा मन्त्रीज्यू, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार, काठमाण्डौं । सर्बप्रथम यहाँलाई शिक्षा मन्त्री जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्न चाहन्छु । यहाँको कार्यकालमा शिक्षा क्षेत्रमा भएको ठुलो बेथिति तथा असमानतालाई चिर्दै शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याई शिक्षामा छलाङ मार्न सफल रहोस भन्ने कामना गर्दछु । म रामेछाप जिल्ला, […]

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर चाडपर्व मनाउनुहोला : रामेछाप प्रशासन

रामेछाप जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाबासिहरुलाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर चाडपर्वहरु मनाउन आग्रह गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले सूचना जारी गर्दै जिल्लाबासीलाई चाडपर्व मनाउँदा सुरक्षा मापदण्ड पालना गर्न अपिल गर्नुभएको छ । नेपालीहरुको महान चाड बडा दशैँ, दीपावली र छठ पर्वहरु निकट रहेको हुँदा चाडपर्व मनाउने क्रममा मठ, मन्दिर, […]

बागमती प्रदेशका मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव पेश

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गर्नुभएको छ । मुख्यमन्त्री शाक्यको प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले प्रदेशसभाका सचिव कृष्णहरि खड्कालाई विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव बुझाउनुभएको हो । शाक्यले आफ्नो दल नेकपा एमाले विभाजन भएकाले संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ […]

रामेछापको डकुरसिंडाडाँमा २१ फिट अग्लो गणेशको मूर्ति

रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ डकुरसिंडाडाँमा गणेशको मूर्ति स्थापना गरिएको छ । इन्जिनियर हिरण्यप्रसाद पौडेलले २१ फिट अग्लो उक्त मूर्ति नेपालकै अग्लो गणेश मूर्ति भएको बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रामेछाप नगरपालिका मार्फत मूर्ति स्थापना गराएको हो । यसका लागि करिब ३० लाख रुपैयाँ खर्च भएको योजनामा संलग्न इन्जिनियर कुशुम भट्टराईले जानकारी दिनुभयो […]

रामेछाप गोल्डकप फुटबल प्रतियोगिता सुरु,नगरप्रमुखद्धारा उद्धघाटन

वडादशैँको अवसरमा आयोजना गरीएको रामेछाप गोल्डकप फुटबल प्रतियोगिता २०७८ आजदेखी सुरु भएको छ । प्रतियोगिताको रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगरले उद्धघाटन गर्नुभयो । सो कार्यक्रममा बोल्दै उहाँले प्रतियोगितामा सहभागी खेलाडीहरुले खेल खेल्ने क्रममा कुनै चोटपटक लागे वा घाईते भईहालेमा त्यसको उपचार खर्च नगरपालिकाले व्यहोर्ने बताउनुभयो । रामेछाप नगरपालिका वडा नं ७ मा रहेको […]

रामेछापको विहिबारे हाट : बढ्यो खसीको व्यापार

रामेछाप जिल्लाकै पुरानो र ऐतिहासिक हाटको रुपमा लिने गरिएको विहिबारे हाटमा खसी, बोका किन्ने र बेच्नेको निकै भिड लोगेको थियो । आजको हाट यो दशैँको अन्तिम हाट भएर पनि होला किनमेल गर्ने र बजार घुमफिर गर्न आउनेको निकै भिड देखिन्थ्यो । बजारमा विशेषगरी लत्ताकपडा र खसी, बोका किनबेच गर्नेहरुको संख्या अरु समयमा भन्दा आज अलि […]

दशैं सुरु भएसँगै उपत्यका छाड्नेको सङ्ख्या बढ्यो

दशैं सुरु भएसँगै काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या बढेको छ । हिजो ४२ हजार ४ सय ६० जना काठमाडौं बाहिर गएकोमा गत २४ घण्टामा यो सङ्ख्या बढेको छ । गत २४ घण्टामा ४८ हजार ९ सय ८१ जना काठमाडौं बाहिर गएको प्रहरीले जानकारी दिएको छ । दशैंका लागि गृह जिल्ला जानेको सङ्ख्या बढेकाले यो सङ्ख्या अझै […]

बागमती प्रदेशका सार्वजनिक सवारीमा २३ प्रतिशत भाडा वृद्धि

बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढेको छ ।बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो । कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको प्रदेश सरकारले जनाएको छ। संघीय सरकारले असार २९ गतेदेखि लागू हुने गरेर अन्तरप्रदेश (राष्ट्रिय राजमार्गमा चल्ने सार्वजनिक सवारीको) भाडा २८ प्रतिशतले समायोजन गरेको […]