भगिनी सम्बन्ध स्थापना गर्दा अनिवार्य स्वीकृति लिन स्थानीय सरकारलाई संघको निर्देशन

भगिनी सम्बन्ध स्थापना गर्दा अनिवार्य स्वीकृति लिन स्थानीय सरकारलाई संघको निर्देशन

सरकारले ७ सय ५३ वटै स्थानीय तहलाई भगिनी सम्बन्ध स्थापना गर्दा अनिवार्य पूर्व स्वीकृति लिन निर्देशन दिएको छ । कतिपय स्थानीय तहले नेपाल सरकारको पूर्व स्वीकृति बिना नै भगिनी सम्बन्ध स्थापना सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गर्ने र नेपाल सरकारबाट स्वीकृति भएको भन्दा फरक सम्झौता पत्रमा हस्ताक्षर गर्ने गरेको पाइएकोले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो निर्देशन दिएको हो । अहिले तत्काल भगिनी सम्बन्ध स्थापना सम्बन्धी बिशेष कानुनी व्यवस्था नभएकाले यस्तो निर्देशन दिइएको मन्त्रालका विकास सहायता समन्वय शाखा प्रमुख रेशम कँडेलले बताउनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले प्रदेश सरकारको परामर्शमा नेपाल सरकारको पूर्व स्वीकृति लिइ विदेशमा कुनै स्थानीय सरकारसँग भगिनी सम्बन्ध स्थापना गर्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार