रामेछाप रामपुरकी ८७ वर्षीया शक्तिमायाँलाई घरमै पुगेर नागरिकता प्रदान

रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुर निवासी ८७ वर्षीया शक्ति मायाँ तामाङले ८७ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आज उहाँको घरमै पुगेर उहाँलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । परिवारका कोही पनि सदस्य नभएका कारण एक्लै बस्दै आउनुभएकी उहाँले नागरिकता नपाएको जानकारी वडा […]

रामेछापमा ९ जना कोरोनाका सक्रिय सङ्क्रमित आइसोलेशनमा

रामेछाप जिल्लामा ९ जना कोरोनाका सक्रिय कोरोना सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको छ । अहिले मन्थली नगरपालिकामा सात जना र गोकुलगंगा गाउँपालिकामा दुईजना गरी ९ जना सक्रिय कोरोना सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्या २०३ पुगेको छ । यसमध्ये १९४ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भैसकेका […]

रामेछापमा पनि कांग्रेस उत्रियो सडकमा, भ्रष्टाचार र कुशासनविरुद्ध खबरदारी (फोटोफिचर)

नेपाली कांग्रेसले देशैभर एक साथ सरकारविरुद्ध प्रदर्शन गरेको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले देशको ७७ वटै जिल्लामा एक साथ सडक प्रदर्शन गरेको हो । भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा सरकार लिप्त रहेकालाई खबरदारीका लागि प्रदर्शनमा उत्रनु परेको कांग्रेसले जनाएको छ । सडक देखि संसदसम्म सरकारलाई तीब्र दबाब दिने भन्दै कांग्रेसले देशैभर प्रदर्शन गरेको […]

रामेछापमा थप एकजना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा थप एक जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यहि मंसिर २६ गते गोकुलगंगा गाउँपालिकाबाट परीक्षणका लागि पठाइएका २५ जनाको स्वाबमध्ये ४६ वर्षका एकजना स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । यो सङ्गै जिल्लामा कोरोना सङ्क्रमितको सङ्या २०३ पुगेको छ । यसमध्ये १९४ जना […]

रामेछापका २५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लाका २५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । गोकुलगंगा गाउँपालिकाका २५ जनाको स्वाब पिसिआर परीक्षणका लागी संकलन गरी पठाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म दुईहजार ४ सय ४५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार २ सय १८ जनाको रिपोर्ट […]

देशका ठुला पार्टी कुनै हातलमा फुट्नु हुन्न : मन्त्री ढुंगेल

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले नेकपा र नेपाली काँग्रेस कुनै हातलमा पनि फुट्न नहुने बताउनु भएको छ । सो कुरा उहाले रामेछापको मन्थली नगरपालिका वडा नं १३ मा नवनिर्मित मा.वि हर्रेचिण्डेको भवनको साचो हस्तान्तरण एबं उद्घाटन कार्यक्रमका अबसरमा वताउनु भएको हो । उहाले संविधान निर्माण लगायत लोकतन्त्र र गणतन्त्रको स्थापनाका […]

दोलखाका सबै क्रसर उद्योग बन्द

दोलखामा सञ्चालित सबै क्रसर उद्योग अर्को आदेश नभएसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला समन्वय समिति दोलखाका प्रमुख तथा ढुङ्गा, गिट्टी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन गर्न गठित जिल्ला अनुगमन समितिका संयोजक डबल पाण्डेको अध्यक्षतामा समितिका सदस्यहरु र क्रसर व्यवसायीहरुको संयुक्त उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि अनुगमन समितिले गरेको […]

रामेछापका २ पालिका सहित वाग्मतीका २८ वटा स्थानीय तहले लालपुर्जा वितरण गर्ने

भूमि सम्बन्धि समस्या समाधान आयोग काठमाडौंले वाग्मती प्रदेशका २८ वटा स्थानीय तहसँग लालपुर्जा वितरणका लागि सम्झौता गरेको छ । लालपुर्जा वितरण प्रक्रिया सुरु गर्न आयोगले पहिलो चरणमा ती स्थानीय तहसँग हेटौंडामा सम्झौता गरेको हो । भूमिहिन, दलित, सुकुम्बासी र अव्यवस्थित रुपमा बसोवास गरेकाहरुको पहिला तथ्यांक पठाएको आधारमा स्थानीय तहसँग सम्झौता गरिएको भूमि सम्बन्धि समस्या समाधान […]

रामेछापमा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा आज थप चार जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यहि मंसिर २३ गते मन्थली नगरपालिकाबाट कोरोना परीक्षणका लागि पठाइएका ९ जनाको स्वाबमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्थली नगरपालिका वडा नं १ का ३४ र ४१ वर्षका पुरुष […]

रामेछापमा आत्महत्या गर्ने ह्वात्तै बढे

रामेछापमा पछिल्लो समय आत्महत्या गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । चालु आर्थिक बर्षको पहिलो चौमासिकमा रामेछापमा १९ जनाले आत्महत्या गरेको छन । रामेछापमा चालु आर्थिक बर्षको साउन देखि यता १९ जनाले आत्मा हत्या गरेको जिल्ला प्रहरी कार्यलय रामेछापको तथ्याङ्ककले देखाएको छ । यसरी आत्महत्या गर्नेहरु मध्ये १३ जना झुण्डिएर ,बिषसेवन गरेर ५ जना र हाम […]