रामेछापमा थप एकजना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा थप एकजना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा थप एक जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यहि मंसिर २६ गते गोकुलगंगा गाउँपालिकाबाट परीक्षणका लागि पठाइएका २५ जनाको स्वाबमध्ये ४६ वर्षका एकजना स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । यो सङ्गै जिल्लामा कोरोना सङ्क्रमितको सङ्या २०३ पुगेको छ । यसमध्ये १९४ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भैसकेका छन् । अहिले मन्थली नगरपालिकामा सात जना र गोकुलगंगा गाउँपालिकामा दुईजना गरी ९ जना सक्रिय कोरोना सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयोे । उहाँका अनुसार हालसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ८७ जना र पुरुष २०६ जना गरी २९३ जनालाई कोरोना सङ्क्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार