रामेछापमा आत्महत्या गर्ने ह्वात्तै बढे

रामेछापमा आत्महत्या गर्ने ह्वात्तै बढे

रामेछापमा पछिल्लो समय आत्महत्या गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । चालु आर्थिक बर्षको पहिलो चौमासिकमा रामेछापमा १९ जनाले आत्महत्या गरेको छन । रामेछापमा चालु आर्थिक बर्षको साउन देखि यता १९ जनाले आत्मा हत्या गरेको जिल्ला प्रहरी कार्यलय रामेछापको तथ्याङ्ककले देखाएको छ । यसरी आत्महत्या गर्नेहरु मध्ये १३ जना झुण्डिएर ,बिषसेवन गरेर ५ जना र हाम फालेर एक जना गरी १९ जनाले आत्मा हत्या गरेको रामेछाप प्रहरीको तथ्याङ्ककले देखाउछ । पछिल्लो तीन बर्षको तथ्याङ्कक हेर्दा रामेछाप जिल्लामा आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा रहेको छ । जिल्ला प्रहरी कार्यलय रामेछापको तथ्याङ्कक अनुसार आर्थिक बर्ष २०७४÷७५ मा २३ जनाले बिष सेवन गरे आत्महत्या गरेका छन् यस्तै आर्थिक बर्ष २०७५÷७६ मा १६ जनाले बिष सेवन गरी, २६ जनाले झुण्डियर र एक जनाले हाम फालेर आत्महत्या गरेको रामेछाप प्रहरीले जनाएको छ । गत अर्थिक बर्ष २०७६÷७७ मा पनि आत्मा हत्या गर्नेको संख्या बढेको देखिन्छ । गत आर्थिक बर्षमा ११ जनाले बिष सेवन गरेर र ३९ जनाले झुण्डियर आत्महत्या गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार