रामेछाप रामपुरकी ८७ वर्षीया शक्तिमायाँलाई घरमै पुगेर नागरिकता प्रदान

रामेछाप रामपुरकी ८७ वर्षीया शक्तिमायाँलाई घरमै पुगेर नागरिकता प्रदान

रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुर निवासी ८७ वर्षीया शक्ति मायाँ तामाङले ८७ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आज उहाँको घरमै पुगेर उहाँलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । परिवारका कोही पनि सदस्य नभएका कारण एक्लै बस्दै आउनुभएकी उहाँले नागरिकता नपाएको जानकारी वडा नम्बर ५ का वडाअध्यक्ष भिम बहाद्ुुर तामाङ मार्फत रामेछाप प्रशासनले पाएको थियो । नागरीकताका लागी आवश्यक कागजात जुटाएर उहाँको घरमै पुगेर नागरिकता प्रदान गरिएको हो । वडाअध्यक्ष तामाङले आवश्यक कागजातसहित प्रशासनमा सिफारिस गरेपछि नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । जिल्लामा नागरीकता पाउनबाट बन्चित कोहि भए प्रशासन कार्यालयमा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभएको छ । नागरिकताको प्रमाणपत्र नहुँदा ८७ वर्षिय वृद्धले हालसम्म ज्येष्ठ नागरिक सुरक्षा भत्ता प्राप्त गर्न सक्नुभएको थिएन । सानो झुप्रो घरमा एक्लै बस्दै आईरहनुभएका वृद्ध शक्तिमायाँको अवस्था निकै दयनिय छ । वृद्ध शक्तिमायाँले नगरीकता पाएसँगै अब ज्येष्ठ नागरिक सुरक्षा भत्ताका लागि आवश्यक प्रक्रिया अगाडी बढेको वडाअध्यक्ष तामाङले बताउनुभयो । नागरिकताको प्रमाणपत्रसँगै रामेछाप प्रशासनले केहि महिनाका लागि पुग्ने चामल र न्यानो कपडासमेत उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालय रामेछापका नायक सुब्बा लक्षमण भुजेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार