रामेछापमा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा आज थप चार जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यहि मंसिर २३ गते मन्थली नगरपालिकाबाट कोरोना परीक्षणका लागि पठाइएका ९ जनाको स्वाबमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्थली नगरपालिका वडा नं १ का ३४ र ४१ वर्षका पुरुष , ३२ वर्षकी महिला र मन्थली नगरपालिका वडा नं ५की ३० वर्षीया महिलामा कोरोना सङ्क्रमण भएको छ । यो सङ्गै जिल्लामा कोरोना सङ्क्रमितको सङ्या २०२ पुगेको छ । यसमध्ये १९४ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भैसकेका छन् । अहिले मन्थली नगरपालिकामा सात जना र गोकुलगंगा गाउँपालिकामा एकजना गरी आठजना सक्रिय कोरोना सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार