रामेछाप लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्का जेल चलान

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का जेल चलान भएका छन् । शरीर बन्दक, बलात्कार र ठगीको अभियोग लागेका खड्कालाई पुर्पक्षको लागि जिल्ला अदालत रामेछापले कारागार पठाएको हो । खडकालाई मध्ये राती जिल्ला कारागार रामेछापमा ल्याइएको छ । गाउँपालिका अध्यक्ष खड्का विरुद्ध, शरीर बन्धक, गठी र बलात्कारको अभियोगमा मुद्दा दर्ता भएको थियो । धोबी बजारको […]

रामेछापका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ५ जनामा कोरोना संक्रमण प्ुष्टि भएको छ । यहि असोज ८ गते जिल्लाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरी पठाइएका ३२ जनामध्ये ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । कोरोना संक्रमित हुनेहरुमा मन्थली नगरपालिका वडा नम्बर १ की २७ वर्षकी महिला , रामेछाप नगरपालिका […]

सिन्धुलीको हिर्दिङमा हृदपिण्डेश्वर धाम निर्माण हुँदै

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वडा नम्बर ५ हिर्दिङमा हृदपिण्डेश्वर धाम निर्माण हुने भएको छ । सतिदेवीको हृदय पतन भएको स्थान हिर्दिङमा हृदपिण्डेश्वर धाम निर्माण हुने भएको हो । धार्मिक गुरु सन्तस्वामी लिलानाथ महाराज तान्त्रिक हिर्दिङमा आएर केहि दिन तपस्या गरेर त्यहाँ दैविक शक्ति रहेको उल्लेख गरे लगतै सो स्थानमा धार्मिक स्थल निर्माण गरिन लागिएको हिर्दिङका […]

अब हायु जाति विस्तारै माथि उठ्दैछन

नेपालको नौ वटा लोपउन्मुख जातिमध्य हायु जाति त्यसै भित्र पर्दछ । हायुजातिको मुख्य थलो रामेछापको मुडाजोर हो । अन्य ठाउँहरुमा मुडाजोरवाट बसाई सराई गरी रामेछापकै वादी, बिर्ता मुगान, हुदील लगायत गाउँहरुमा पुगेको र हाल रामेछापकै छिमेकी जिल्ला सिन्धुलीमा पनि रहेका छन् । त्यसैगरी उदयपुर, सर्लाही, महोत्तरी,केही केही घर धुरी रहेका छन् भने काभ्रेमा बसाई सराई […]

रामेछापमा १३ जना कोरोना संक्रमितको उपचार जारी , २४ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म १ हजार ४ सय ८ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १३ सय ४४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ६४ जना मध्ये ४९ जना कोरोना मुक्त भईसकेका […]

रामेछापका ४९ जनाले जिते कोरोना

रामेछापका ४९ जना कोरोना संक्रमितले कोरोना भाइरस (कोभिड १९) लाई जितेका छन् । विभिन्न समयमा गरि कोरोना संक्रमण पुष्टि भएका ६४ जना मध्ये ४९ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोना संक्रमित १५ जनाको उपचार भईरहेको छ ।  प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ६ जना , होम आइसोलेसनमा १ जना र […]

रामेछाप गोकुलगंगाका ८ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण प्ुष्टि भएको छ । यहि असोज २ गते गाउँपालिकाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरी पठाइएका २७ जनामध्ये ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । १ जना महिला सहित ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । गोकुलगंगा […]

रामेछापका ७९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी, ४५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा शुक्रबार अर्थात आजसम्म १ हजार ४ सय ८ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये अब ७९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । आज मन्थली नगरपालिकाका ५२ जना र गोकुलगंगा गाउँपालिकाका २७ जना गरी ७९ जनाको स्वाब संकलन गरिएको […]

रामेछाप र मन्थली नगरपालिकालाई गुनासो तथा सुझाब संकलन पेटिका हस्तान्तरण

जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाका प्रहरीहरुले गरेका कामप्रतिको गुनासो तथा सुझाब संकलन गर्ने पेटिका रामेछाप र मन्थली नगरपालिकालाई हस्तान्तरण गरेको छ । प्रहरी कर्मचारीहरु सँग सम्बन्धीत गुनासो तथा सुझाब संकलन गर्न गुनासो तथा सुझाब संकलन गर्ने पेटिका हस्तान्तरण गरिएको रामेछाप प्रहरीका प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो । उक्त पेटिका रोमछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा […]

घरघरमा दिप प्रज्वलन गरि संविधान दिवस मनाउन रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले घरघरमा दिप प्रज्वलन गरि संविधान दिवस मनाउन आग्रह गरेको छ । रामेछाप प्रशासनले बुधबार एक सूचना जारी गरि नेपालको संविधान २०७२ जारी भएको दिनको उपलक्ष्यमा असोज २, ३ र ४ गते तिनदिनसम्म विविध कार्यक्रम गरेर दिवस मनाउन आग्रह गरेको हो । हरेक वर्ष विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाइदै आएकोमा यसवर्ष […]