रामेछापमा पनि कोरोना विरुद्धको खोप अभियान सुरु, १४ सय ७७ जनाले खोप लगाउँदै

रामेछापमा पनि कोरोना विरुद्धको खोप अभियान सुरु, १४ सय ७७ जनाले खोप लगाउँदै

सरकारले कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरेको छ । सोहि अभियान अन्तर्गत आजेदेखि रामेछाप जिल्लामा पनि कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । जिल्ला अस्पताल रामेछापमा अस्पतालका डाक्टर रोशन ग्वाछा र स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले खोप लगाउँदै जिल्लामा खोप अभियानको सुरुवात गर्नुभयो । खोपका बारेमा धेरै आशंका देखिएकाले खोप सुरक्षित रहेको सन्देश दिन आफूहरुले पहिलो खोप लगाएको उहाँहरुले बताउनुभयो ।

जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन १४ सय ७७ जनाले नाम दर्ता गराएका छन । खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक,शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका,वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान भर्चुअल माध्यमबाट खोप अभियानको सुभारम्भ गर्नुभएको हो ।काठमाडौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ । भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्नेछ । पहिलो चरणमा चार लाख ३० हजारलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार