जबरजस्ती करणी गरेको आरोपमा रामेछाप चनखुका वडाअध्यक्ष बोहोरा पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा रामेछाप चनखुका वडाअध्यक्ष बोहोरा पक्राउ

महिलालाई जबरजस्ती करणी गरेको आरोपमा रामेछापको मन्थली नगरपालिका वडा नम्बर १० चनखुका वडाअध्यक्ष भरत बोहोरा पक्राउ परेका छन् । वडाअध्यक्ष बोहोराको विरुद्ध महानगरीय प्रहरी वृत्त ठिमीमा एक महिलाले जबरजस्ती करणी गरेको आरोप सहितको उजरी दर्ता गराएपछि उहाँलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो । ठिमी वृत्तमा परेको उजुरीको आधारमा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको आधारमा वडाअध्यक्ष बोहोरालाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार