रामेछाप जिल्लामा भोलीबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइने

रामेछाप जिल्लामा भोलीबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइने

रामेछाप जिल्लामा भोलीबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइने भएको छ । भोलीबाट जिल्ला अस्पताल रामेछापबाट कोरोना विरुद्धको खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालय रामेछापले भोलीबाट लगाइने खोपको सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछाप जिल्लामा हालसम्म १४ सय ७७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाउनेका लागि अनलाइनबाट नाम दर्ता गराएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो । उहाँका अनुसार खोप लगाउने कर्मचारीलाई समेत तालिम दिइसकिएको छ । फ्रन्टलाइनमा खटिने स्वास्थ्य स्वयं सेविका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, लगायतलाई खोप लगाउने तयारी भइरहेको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो । कोरोनाविरुद्धको खोप भण्डारण र वितरणमा कुनै समस्या नहुने उहाँको भनाई छ । गत विहिवार भारतले अनुदानमा नेपाललाई १० लाख डोजको कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिएको थियो । सोहि भ्याक्सिन रामेछाप जिल्लामा पनि आइपुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार