आजदेखि रामेछाप नगरपालिकामा नगर स्तरीय ब्याड्मिन्टन प्रतियोगिता सुरु

आजदेखि रामेछाप नगरपालिकामा नगर स्तरीय ब्याड्मिन्टन प्रतियोगिता सुरु

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा आजदेखि नगर स्तरीय ब्याड्मिन्टन प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको आयोजनामा सुरु भएकोे तेस्रो नगर स्तरीय एकल तथा जोडि पुरुष ब्याड्मिन्टन प्रतियोगिता सिनियर र जुनियर गरी दुई बिधामा खेलाएको छ । प्रतियोगिता सिनियर र जुनियर एकल तर्फ ३० जना र सनियर र जुनियर डबल तर्फ १६ टिमले सहभागीता जनाएका छन । प्रतियोगिता तर्फको आज पहिलो दिन क्वाटरफाईनलका खेलहरु सम्पन्न भएका छन । भोलि सेमिफाईनल र पर्सि आईतबार फाईनल तर्फका खेलहरु खेलाइने नगरपालिकाका खेल प्रशिक्षक टिकाराम मगरले जानकारी दिनुभयो ।

३ दिनसम्म चल्ने प्रतियोगितामा सिनियर तर्फ जोडीको खेलमा प्रथम,द्धितिय,तृतिय र सान्त्वना हुनेले क्रमश नगद ८ हजार,६ हजार,४ हजार, ३ हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । त्यस्तै सिनियर तर्फ एकल खेलमा प्रथम द्धितिय,तृतिय र सान्त्वना हुनेले क्रमश नगद ६ हजार,४ हजार, ३ हजार र २ हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । यस्तै प्रतियोगितामा जुनियर जोडी अन्तर्गतको खेलमा प्रथम द्धितिय,तृतिय र सान्त्वना हुनेले क्रमश ७ हजार,५ हजार,३ हजार र २ हजारको साथमा मेडल र प्रमाण पत्र पाउने छन् । यस्तै जुनियर तर्फको एकल खेलमा प्रथम द्धितिय,तृतिय र सान्त्वना हुनेले क्रमश नगद ५ हजार,३ हजार,२ हजार र १ हजारको साथमा प्रमाणपत्र पाउने छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार