रामेछाप नगरपालिकामा नगर स्तरीय व्याडमिन्टन प्रतियोगिता सम्पन्न

रामेछाप नगरपालिकामा नगर स्तरीय व्याडमिन्टन प्रतियोगिता सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा शुक्रबार दखि जारी नगर स्तरीय व्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ । तेस्रो नगर स्तरीय एकल तथा जोडि पुरुष व्याडमिन्टन प्रतियोगिता सिनियर र जुनियर गरी दुई बिधामा खेलाएको थियो । प्रतियोगितामा सिनियर एकल तर्फ बलराम लामा प्रथम,भेष बहादुर श्रेष्ठ द्धितिय,सुदिप श्रेष्ठ तृतिय र सुन्दर घिमिरे सान्त्वना भएका छन । यसैगरी सिनियर जोडी तर्फ बलराम लामा र सुदिप श्रेष्ठ प्रथम,भेष बहादुर श्रेष्ठ र सुन्दर घिमिरे द्धितिय,टिकाराम मगर र सत्य नारायण बस्नेत तृतिय, ईन्द्रमणी दुलाल र बालकृष्ण हायु सान्त्वना भएका छन ।

यसैगरी जुनियर एकल तर्फ दुर्गा प्रधान प्रथम,रोशन ग्वाछा द्धितिय,सुमन मोक्तान तृतिय र विजय श्रेष्ठ सान्त्वना भएका छन । यसैगरी प्रतियोगितामा जुनियर जोडी तर्फ केदार कार्की र दुर्गा प्रधान प्रथम,मदन सुवेदी र रोशन ग्वाछा द्धितिय,निरज थापा मगर र रोशन पाख्रिन तृतिय,सुमन मोक्तान र प्रमोद घिमिरे सान्त्वना भएका छन । प्रतियोगितामा विजयी हुने खेलाडीहरुले सिनियर तर्फ जोडीको खेलमा प्रथम,द्धितिय,तृतिय र सान्त्वना हुनेले क्रमश नगद ८ हजार,६ हजार,४ हजार, ३ हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।

त्यस्तै सिनियर तर्फ एकल खेलमा प्रथम द्धितिय,तृतिय र सान्त्वना हुनेले क्रमश नगद ६ हजार,४ हजार, ३ हजार र २ हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । यस्तै प्रतियोगितामा जुनियर जोडी अन्तर्गतको खेलमा प्रथम द्धितिय,तृतिय र सान्त्वना हुनेले क्रमश ७ हजार,५ हजार,३ हजार र २ हजारको साथमा मेडल र प्रमाण प्राप्त गरेका छन । यस्तै जुनियर तर्फको एकल खेलमा प्रथम द्धितिय,तृतिय र सान्त्वना हुनेले क्रमश नगद ५ हजार,३ हजार,२ हजार र १ हजारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन । सिनियर र जुनियर एकल तर्फ ३० जना र सनियर र जुनियर डबल तर्फ १६ टिमले सहभागीता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार