रामेछापको रामपुरमा प्रथम वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुँदै

रामेछापको रामपुरमा प्रथम वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुँदै

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुरमा प्रथम वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रका लागी खेलकुद ”भन्ने मुल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको वडाअध्यक्ष भिम बहादुर तामाङले जानकारी दिनुभयो । प्रतियोगिता यहि माघ १६ गतेदेखि १८ गतेसम्म ३ दिनसम्म चल्ने छ । प्रतियोगितामा वडा भित्रका टिमहरुले मात्र सहभागीता जनाउन पाउने छन । प्रथम वडाअध्यक्ष कप पुरुष भलिबल प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने टिमले क्रमश नगद ३५ हजार,२५ हजार र १५ हजारको साथमा सिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने वडाअध्यक्ष तामाङले बताउनुभयो । वडामा भलिबल खेल्ने राम्रा खेलाडीहरु भएकाले उनिहरुको वृद्धि विकास र हौसलाका लागी यस वर्षबाट भलिबल प्रतियोगिता गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार