रामेछापमा २७ जना कोरोना संक्रमित थपिए,२१ जना उपचारपछि निको

रामेछाप जिल्लामा आज २७ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा १९ जना,रामेछाप नगरपालिकामा २ जना र दोरम्बा गाउँपालिकामा ६ जना गरी २७ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४ सय ८३ जना पुगेको छ । आज जिल्लामा २१ जनाले कोरोनालाई जितेका छन […]

पुष्पलालको जन्मथलो भंगेरीमा माओवादि केन्द्र र एमाले नेपाल पक्षको संयुक्त माल्यार्पण

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा नेकपा माओवादि केन्द्र रामेछाप नगर कमिटि र नेकपा एमाले माधव नेपाल पक्षले संयुक्त रुपमा रामेछापको भँगेरीमा श्रद्धान्जली तथा माल्यार्पण कार्यक्रम गरेको छ । नेकपा एमाले ओलि पक्षका नेता तथा कार्यकर्ताहरुले भने छुट्टै एक कार्यक्रमको आयोजना गरी पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका हुन । […]

पुष्पलाल स्मृति दिवसको अवसरमा भँगेरीमा एमालेद्धारा श्रद्धान्जली तथा माल्यार्पण

रामेछापको भँगेरीमा नेकपा एमाले रामेछापले श्रद्धान्जली तथा माल्यार्पण कार्यक्रम गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले जिल्ला तथा रामेछाप नगर संगठन कमिटिले पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गर्दै श्रद्धान्जली अर्पण गरेको हो । नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुंगेलको प्रमुख आतिथ्यतामा आयोजना गरीएको कार्यक्रममा नेकपा एमाले […]

पुष्पलाल स्मृति दिवस मनाइँदै,रामेछापको भँगेरीमा श्रदान्जली तथा माल्यार्पण

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस आज मनाईँदैछ । स्मृति दिवसको अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा आज विशेष कार्यक्रमको आयोजना गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो […]

३९ औंँ विपी स्मृति दिवसको अवसरमा रामेछापमा वृक्षारोपण

नेपाली काँग्रेसका संस्थापक एवं देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला)को ३९औंँ स्मृति दिवसको अवसरमा रामेछापमा वृक्षारोपण गरि मनाइएको छ । आज विपि स्मृति भवन मन्थलीको परिसरमा वृक्षारोपण गरिएको हो । नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने,सचिव लेख ब कार्की लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले (बीपी कोइराला)को योगदानको चर्चा गर्दै वृक्षारोपण गरेका हुन […]

राष्ट्रिय वाणिज्य बैँक बन्द हुँदा सेवा ग्राहि मारमा

राष्ट्रिय वाणिज्य बैँक रामेछाप डाँडा केहि दिनदेखि बन्द छ । बैँकमा कार्यरत सबै कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि बैँकबाट प्रवाह हुने सेवाहरु बन्द छ । रामेछाप डाडाँको एक मात्रै बैँक बन्द भएपछि सेवा ग्राहिहरु मारमा परेका छन । बैँक बन्द हुँदा बैँक मार्फत हुने नगद कारोबार तथा तलब भुक्तानीका लागी निकै समस्या भएको रामेछाप […]

रामेछाप गाईखुरामा करेन्ट लागेर एक पुरुषको मृत्यु

रामेछापमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको मन्थली नगरपालिका वडा नं १ गाईखुरामा रहेको एस के मोटर वर्कशवमा कार्यरत भारत मोतिहारी घर भएका वर्ष ३० का असरत आलामको ज्यान गएको रामेछाप प्रहरीले जनाएको छ । आज दिउँसो १२ बजेको समयमा काम गर्ने क्रममा अचानक विद्युत सप्लाई हुने मोटरमा टासिएर आलमको ज्यान गएको […]

नेपाली कांग्रेस रामेछापको क्रियाशिल सदस्य संख्या ११ हजार नाघ्यो

नेपाली कांग्रेस रामेछापको क्रियाशिल सदस्यतको संख्या ११ हजार नाघेको छ । रामेछाप कांग्रेसले रामेछापको आठ वटै स्थानीय तहबाट यस पटक करिब ६ हजार नयाँ सदस्यता थप्दै क्रियाशिल सदस्यतको संख्या दोब्बर पु¥याएको होे । अहिले रामेछाप कांग्रेसको क्रियाशिल सदस्यतको संख्या ११ हजार १ सय ८५ पुगेको छ । अझै जिल्लामा क्रियाशिल सदस्यताको संख्या केही बढन सक्ने […]

रामेछापमा फेरी बढे कोरोना संक्रमित, १६१ जना आइसोलेसनमा

रामेछाप जिल्लामा केही दिन अघिसम्म कोरोना संक्रमित घटेको भएपनि फेरी संक्रमित बढ्न थालेका छन । सोमबार मात्रै जिल्ला अस्तालमा १२ जना कोरोना संक्रमित थपिएका छन । सोमबार रामेछाप नगरपालिकामा १ जना,उमाकुण्ड गाउँपालिकामा ३ जना,खाँडादेवी गाउँपालिकामा १ जना,गोकुलगंगा गाउँपालिकामा ३ जना र दोरम्बा गाउँपालिकामा ३ जना गरी २३ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । […]

रामेछापमा ट्राफिक प्रहरीद्धारा डेढ करोड राजश्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले लगभग डेढ करोड राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा सो रकम संकलन गरेको हो । ट्राफिक कार्यालयले १ वर्षको अवद्यिमा १ करोड ४८ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने १५ हजार वटा सवारीसाधन कारबाहीबाट सो रकम संकलन […]