ठोर्कपामा बस दुर्घटना २ को मृत्यु ,४१ घाईते

ठोर्कपामा बस दुर्घटना २ को मृत्यु ,४१ घाईते

सिन्धुपाल्चोकको ठोकर्पाबाट कालिका हुँदै काठमाडौका लागि छुटेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।कोसीपारी यातायातको बा ३ ख ८०३० नम्बरको बस सुनकोशी ३ छापमा दुर्घटना भएको हो ।

दुर्घटनामा ४१ घाईते घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । बस ओरालो बाटोको मोडमा आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस्नेतका अनुसार १८ जना सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकमा , १ जना मध्यपुर ठिमी अस्पताल भक्तपुरमा र २२ जना धुलिखेल अस्पताल काभ्रेमा उपचार भईरहेको छ धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु हुनेमा ललितपुर ठुलो दुर्लुङ घर भएको बर्ष अंदाजी ४०÷४५ को पुरुष राजन बराम र उमेर अंदाजी २०÷२२ को पुरुष सनाखत हुन बाकि रहेको बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार