कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आज बढ्यो

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आज बढ्यो

कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आज बढेको छ । आज थप ४४ जनाको कोरोनाको कारण मृत्यु भएको छ । बितेको २४ घण्टा र नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरणसमेत गरेर थप ४४ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० परीक्षण भएकामा २ हजार ४८२ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै १ हजार ७८१ जना निको भएका छन् । यस्तै काठमाडौंमा ५१५ जना सहित उपत्यकामा ७४५ जनामा सङ्क्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५२ हजार ८६३ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८१ हजार ५८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार