स्वर्गको एउटा टुक्रा शैलुङ,मनै लोभ्याउने दृश्य (फोटोफिचर)

स्वर्गको एउटा टुक्रा शैलुङ,मनै लोभ्याउने दृश्य (फोटोफिचर)

रामेछाप र दोलखाको सिमानामा अवस्थित स्वर्गको एउटा टुक्रा शैलुङ डाँडा यति बेला हरियाली छ । यति बेला शैलुङ आन्तरीक तथा बाह्य पर्यटकहरुको स्वागत गर्न सजिएर बसेको छ ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका र दोलखाको शैलुङ गाउँपालिकाको सिमानामा पर्ने शैलुङ आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्ने गरेको छ ।

समुन्द्री सतहदेखि तीन हजार तीनसय मिटर उचाइमा रहेको शैलुङमा प्राकृतिक रुपमा बनेका एक सय वटा थुम्काहरु छन् ।

जसले पर्यटकको मन लोभ्याउने गरेको छ । हरियाली शैलुङमा अहिले भेडा तथा चौरीहरु चरिरहेको दृश्यले झन धेरैको मन लोभ्याउने गरेको छ ।

तस्विर : ईरामेछाप डटकम संवाददाता विपना गोले,दोरम्बा शैलुङ ।।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार