अब मन्थली काठमाडौँको भाडा ५ सय १५ रुपैयाँ

बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागू भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो । बढेको नयाँ भाडादर अनुसार अब काठमाडौँ मन्थलीको भाडा ५१५ रुपैयाँ लाग्नेछ । काठमाडौँ (नयाँ बसपार्क)–धुलिखेल–खुर्कोट–मन्थलीको भाडा यसअघि ४१९ रुपैयाँ रहेकोमा अब ५१५ रुपैयाँ तोकिएको छ । यो […]

रामेछापको दोरम्बा शैलुङमा उपराष्ट्रपति कप फुटबल प्रतियोगिता सुरु

रामेछापमा प्रथम उपराष्ट्रपति कप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा प्रतियोगिता आयोजना गरीएको छ । उक्त प्रतियोगिताको उपराष्ट्रपति नन्द ब पुनले आज उद्धघाटन गर्नुभएको छ । प्रतियोगिताको उद्धघाटन गर्दै उपराष्ट्रपति पुनले संघिय राजधानिबाट नजिकै भएपनि दोरम्बा शैलुङ गाउँपालिका विकासको दृष्टिकोणले निकै पछि परेको बताउनुभयो । उहाँले गाउँपालिकाको विकासका लागी आफुले […]

सिन्धुलीमा बलात्कारको आरोपमा तीन जना प्रकाउ

सिन्धुलीको कमालामाई नगरपालिकामा बलात्कारको आरोपमा तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।स्थानीय तीन जना किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोप९ जना युवकमाथि लागे पनि हाल सम्म तीन जनालाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालयलेसिन्धुलीले जनाएको छ । ९ जना मध्ये २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरपक्राउ परेका हुन् । घटनामा […]

दशैं विदामा बन्द भएका रामेछापका सरकारी कार्यालय र बैंक खुले

दशैंको विदा सकिएसँगै रामेछाप जिल्लाहरुमा चहलपहल बढेको छ । बन्द भएका सरकारी कार्यालयहरु पनि आजबाट खुलेका छन् । दशैं मनाउन गाउँघर गएकाहरु आफनो काममा फर्कने क्रम जारी छ । यस्तै दशैं बिदा सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरु पनि खुला भएका छन् । आजदेखि सबै बैंक तथा वित्तीय संस्थाहरु खुला भएको छ । रामेछापको सदरमुकाम मन्थलीमा […]

रामेछापमा पिङ हाल्ने र खेल्ने परम्परा हराउदै गयो

दशैँ भन्ने वित्तिकै धेरैलालाई गाउँघरमा हालिने लिङ्गे पिङकोे याद आउँछ । एक समय दसैंतिहारमा ग्रामीण भेगमा लिंगेपिङ मुख्य आकर्षण हुन्थ्यो । बिस्तारै मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको छ । कुनै समय निधारमा रातो टीका अनि कानमा पहेलो जमरा सिउरिएर पिङमा मच्चिनेको जमात ठुलै हुन्थ्यो । दसैँमा एकछिन भए […]

दसैँमा रामेछापको पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड

दसैँको अवसरमा रामेछाप सहित नेपालका बिभिन्न पर्यटकीयस्थलमा भने आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड लागेको छ । रामेछापको शैलुङ क्षेत्रमा यति बेला घुम्न जानेहरु बढेका छन । जिल्लाका अन्य विभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरुमा दशैँ मनाउन गाउँ आएको मौकामा घम्न जानेहरु बढेका हुन । यस्तै नवरात्रको अवधिमा करिव २२ हजार भक्तजनले ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन गरेका […]

रामेछाप गोल्डकप फुटबल प्रतियोगिताको उपाधि शैलेशिखर युवा क्लबलाई

वडादशैँको अवसरमा आयोजना गरीएको रामेछाप गोल्डकप फुटबल प्रतियोगिता २०७८ को उपाधि शैलेशिखर युवा क्लबले जितेको छ । आज भएको फाईनल खेलमा शैलेशिखर युवा क्लब सिम्ले ए ले सिम्ले बिलाई ५ को विरुद्ध एक गोलले पराजित गरेको हो । प्रतियोगितामा प्रथम हुँदै शैलेशिखर युवा क्लब सिम्ले ए ले नगद २५ हजार ,द्धितिय भएको टिम सिम्ले बिले […]

रामेछापमा पिङ हाल्ने र खेल्ने परम्परा लोप हुँदै

केही वर्ष अघिसम्म रामेछापका विभिन्न गाउँबस्तीमा दसैँको अवसरमा जताततै लिङ्गे पिङ हालिन्थ्यो । जाते पिङ, रोटेपिङ र लिङ्गे पिङ मुख्य आकर्षणको रुपमा हुन्थे । हिजोआज भने पिङ खेलेर दसैँमा रमाइलो गर्ने परम्परा हराउँदै गएको छ । जिल्लाका विभिन्न बजार तथा गाउँ बस्तीमा दसैं तिहारका बेला लिङ्गे पिङ र चङ्गा उडेको देख्न पाइन्थ्यो । गाउँगाउँमा लिङ्गे […]

रामेछाप गोल्ड कप फुटबल प्रतियोगितामा धाँधली भएको भन्दै खेलाडी आक्रोशित

बडा दशैँ,शुभ दिपावली तथा छठ पर्वको अवसरमा रामेछापको रामेछाप नगरपालिका वडा नं ७ को आर्थिक सहयोगमा जागरुक युवा क्लबले आयोजना गरेको रामेछाप गोल्ड कप फुटबल प्रतियोगितामा खेलाडीहरुले तोडफोड गरेका छ्न । हिजो भएको खेलमा आयोजक जागरूक युवा क्लब र माहाकाली युवा क्लब खेलेका थिए । सो खेलमा रेफरिले निस्पक्ष खेल खेलाउन नसकेको खेलाडीहरुको आरोप छ […]

विद्यालय कर्मचारीको शिक्षा मन्त्रीलाई खुल्ला पत्र

माननिय शिक्षा मन्त्रीज्यू, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार, काठमाण्डौं । सर्बप्रथम यहाँलाई शिक्षा मन्त्री जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्न चाहन्छु । यहाँको कार्यकालमा शिक्षा क्षेत्रमा भएको ठुलो बेथिति तथा असमानतालाई चिर्दै शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याई शिक्षामा छलाङ मार्न सफल रहोस भन्ने कामना गर्दछु । म रामेछाप जिल्ला, […]